हाउस स्पीकर न्यान्सी पेलोसीका पतिमाथि घरमै सांघातिक हमला, आक्रमणकारी नियन्त्रणमा


प्रकाशित मिति : कार्तिक ११, २०७९ शुक्रबार

हाउस स्पीकर न्यान्सी पेलोसीका पति पल पेलोसीमाथि सान फ्रान्सिस्कोको आफ्नै घरमा शुक्रबार विहान सांघातिक हमला भएको छ । घरमा अनाधिकृत रुपमा प्रवेश गरेको एक आक्रमणकारीले हिंश्रक आक्रमण गरेको उनको कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

क्यालिफोर्निया डेमोक्र्याटका प्रवक्ताले आज बिहानै आक्रमणकारीले सान फ्रान्सिस्कोको पेलोसीको निवासमा प्रवेश गरी आक्रमण गरेको जानकारी दिएका हुन् । आक्रमणकारी हिरासतमा रहेको र आक्रमणको कारण अनुसन्धान भइरहेको जनाइएको छ ।

पल पेलोसीलाई अस्पताल लगिएको छ, जहाँ उनले उत्कृष्ट चिकित्सा हेरचाह पाइरहेका छन् । उनी पूर्ण रूपमा निको हुने अपेक्षा गरिएको छ । आक्रमणको समयमा स्पीकर न्यान्सी पेलोसी भने सान फ्रान्सिस्कोमा थिइनन् ।

आक्रमणकारी कसरी उनीहरूको घरमा प्रवेश गरेको थियो र कसरी पेलोसीका ८२ बर्षका श्रीमानमाथि आक्रमण गरियो भन्नेबारे केही खुलाइएको छैन । उनलाई कस्तो चोटपटक लागेको थियो भन्ने बारे कुनै थप विवरण प्रदान गरिएको छैन।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com