एलन मस्कले किने ट्वीटर, प्रमुख कार्यकारी अग्रवालसहित ४ शीर्ष कार्यकारी बर्खास्त


प्रकाशित मिति : कार्तिक १०, २०७९ बिहीबार

एलन मस्कले ट्वीटर किनेपछि पहिलो दिन बिहीबार कम्तिमा चार शीर्ष कार्यकारीहरुलाई बर्खास्त गर्दै ट्विटरको सफाइ सुरु गरेका छन् । मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् ।

बर्खास्त गरिएका ट्विटरका कार्यकारीहरूमा ट्विटरका प्रमुख कार्यकारी पराग अग्रवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल, शीर्ष कानुनी तथा नीति कार्यकारी विजया गड्डे र जनरल काउन्सिल सेन एजेट रहेका छन् । बर्खास्त गरिएका कम्तिमा एक कार्यकारीलाई  ट्विटरको कार्यालयबाट बाहिर लगिएको थियो ।

blue and white apple logo

५१ वर्षीय अर्बपति मस्कले ट्विटर सेवाको सामग्री मध्यस्थता नियमहरू खुकुलो पार्दै यसको एल्गोरिथ्मलाई थप पारदर्शी बनाउनने तथा व्यवसायहरूलाई प्रोत्साहन गर्ने बताउँदै कर्मचारीहरूलाई निकालेर परिवर्तन गर्ने वाचा गरेका थिए । ट्वीटरबाट शीर्ष कार्यकारीलाई बर्खास्त गरिएकोबारे बर्खास्त हुनेहरु र मस्क आफैले केही बताएका छैनन् ।

गत वर्ष ट्वीटरको प्रमुख कार्यकारीमा नियुक्त भएका अग्रवालले हालैका महिनाहरूमा टेकओभरलाई लिएर सार्वजनिक र निजी रूपमा मस्कसँग विवाद गरेका थिए। मस्कले गाड्डेलाई कम्पनीमा सामग्री मध्यस्थता निर्णयहरूमा उनको भूमिकाको आलोचना गर्दै बर्खास्त गर्ने संकेत गरेका थिए ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com