४४ दिन प्रधानमन्त्री भएपनि लिज ट्रसले जीवनभर बार्षिक १ लाख १५ हजार पाउण्ड पाउने


प्रकाशित मिति : कार्तिक ४, २०७९ शुक्रबार

पदभार ग्रहण गरेको छ हप्तार्मै नाटकीय रूपमा राजीनामा दिएकी बेलायती प्रधानमन्त्री लिज ट्रसले पूर्व प्रधानमन्त्रीका रुपमा भने बार्षिक रुपमा उल्लेख्य रकम पाउने भएकी छिन् । ४४ दिन मात्रै काम गरेपनि उनले आफ्नो जीवनकालभर बार्षिक १ लाख २९ हजार डलर अर्थात् १ लाख १५ हजार पाउण्ड पाउने भएकी छिन् ।

असफल वित्तीय योजनाको नेतृत्व गर्ने ट्रसले आफ्नो विनाशकारी छ हप्ताको कार्यकालमा बिहीबार राजीनामाको घोषणा गरेपछि बेलायती इतिहासमा उनी सबैभन्दा छोटो ४४ दिन सेवा गर्ने प्रधानमन्त्री बनेकी छिन् । उनी बेलायती तेश्रो महिला प्रधानमन्त्री हुन् । यस अगाडि मार्गरेट थ्याचर र टेरिसा मे बेलायतका महिला प्रधानमन्त्री थिए ।

मार्गरेट थ्याचर ११ बर्ष २ सय ८ दिन र टेरिसा मे ३ बर्ष ११ दिन प्रधानमन्त्री बनिन् । बेलायतमा जोन मेजर ६ बर्ष १५४ दिन, टोनी ब्लेयर १० बर्ष ५४ दिन, गोर्डन ब्राउन २ बर्ष ३१९ दिन, डेभिड क्यामरुन ६ बर्ष ६३ दिन, बोरिस जोन्सन ३ बर्ष ४४ दिन प्रधानमन्त्री बनेका थिए ।

20 pounds bank of england

बोरिस जोन्सन नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भएकी ट्रसले टेरिसा मे र डेभिड क्यामरनका सरकारमा पनि मन्त्रीका रुपमा काम गरेकी थिइन् । सन् २०१० यता उनी सांसद रहंदै आएकी छिन् । बेलायतको अक्सफोर्डमा जन्मिएकी ४७ वर्षीय ट्रसले अक्सफोर्ड विश्वविधालयबाटै स्नातक अध्ययन गरेकी थिइन् ।

विद्यार्थी अवस्थामा लिबरल डेमोक्र्याटिक पार्टीसंग नजिक ट्रसले बेलायतबाट राजसंस्था उन्मूलन गर्नुपर्ने चर्को भाषण दिएकी थिइन्। पछि उनी कन्जरभेटिभ पार्टीमा सक्रिय भइन्। दुईपटकसम्म संसदीय चुनावमा पराजित भएपछि तेस्रो पटक उनी सन् २०१० मा पहिलोपटक ब्रिटिश संसद ‘हाउस अफ कमन्स’ मा निर्वाचित भएकी थिइन्।

उनी बेलायत युरोपेली संघमै रहनुपर्छ भन्ने पक्षमा थिइन् तर टेरेजा मे प्रधानमन्त्री भएपछि भने उनले युरोपेली संघ छाडेर पनि बेलायतले लाभ लिन सक्ने बताएकी थिइन्। उनको पुरा नाम मेरी एलिजाबेथ ट्रस हो। उनका श्रीमान ह्यु ओ लियरी लेखापाल हुन्। उनीहरुका दुई छोरी छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com