टिकटकमा लाइभ गर्नका लागि उमेरको हद बढाइदै, बयस्कले मात्र हेर्ने लाइभ थपिने


प्रकाशित मिति : कार्तिक ३, २०७९ बिहीबार

person holding black iphone 5

टिकटकले नोभेम्बर २३ देखि लागु हुनेगरी लाइभ गर्नका लागि न्यूनतम उमेरको हद बढाउने भएको छ । अहिलेसम्म १६ बर्षभन्दामाथि प्रयोगकर्ताले लाइभ गर्न सक्ने भएतापनि अब यो उमेरको हद बढाएर १८ बर्ष बनाइने भएको छ ।

टिकटकका प्रयोगकर्ताहरूले चाँडै नै आफ्नो लाइभ बयस्कलाईमात्र केन्द्रीत गरेर समेत गर्नसक्ने भएका छन् । कम्युनिटीको सुरक्षामा सुधार गर्न टिकटकले नयाँ परिवर्तनहरु गर्ने भएको हो ।

टिकटकको जग सामुदायिक विश्वास र सुरक्षामा बनेको उल्लेख गर्दै टिकटकले आफ्ना प्रयोगकर्ताहरू र सिर्जनाकर्ताहरूलाई जोगाउन र तिनीहरूको कल्याणलाई सहयोग गर्न सुरक्षा उपायहरू विकसित गर्ने दिशामा निरन्तर काम गरिरहेको बताएको छ ।

हाल कम्तिमा १ हजार फलोअरहरू भएका १६ वर्षभन्दा माथिका कुनै पनि प्रयोगकर्ताले लाइभ गर्न सक्छन् । त्यस्तै १८ वर्ष वा माथिका प्रयोगकर्ताहरूले पनि टिप्स र उपहार पठाउन र प्राप्त गर्न सक्छन् । जसले प्रयोगकर्ताहरूलाई उनीहरूको सामग्रीको लागि आम्दानी गर्न अनुमति दिन्छ।

लाइभका लागि नयाँ वयस्क दर्शक सुविधाको उद्देश्य टिकटक समुदायका युवा सदस्यहरूलाई उनीहरूको अनलाइन उपस्थिति सुरु गर्ने र बढाउन क्रममा सुरक्षित राख्नु रहेको टिकटकले जनाएको छ । टिकटकले वयस्क कमेडी, दिनचर्या र संवेदनशील कथा सामग्रीहरु १८ बर्षभन्दा माथिका प्रयोगकर्ताहरूका लागि अझ उपयुक्त हुने उल्लेख गर्दै नयाँ व्यवस्था गर्न लागेको हो ।

टिकटकले लाइभ सुरक्षालाई थप सुधार गर्न अपडेट गरिएका किवर्ड सुविधाहरू थप्ने बताएको छ। लाइभ बस्नेहरुले अहिले पनि उपयुक्त नभएका कमेन्टहरु सीमित गर्न फिल्टर प्रयोग गर्न सक्छन् । आगामी हप्ताहरूमा टिकटकले यो सुविधाको अपडेटेड संस्करण रोलआउट गर्ने भएको छ ।

टिकटकले धेरैजना एउटै लाइभमा आउनसक्ने अनुभव पनि घोषणा गरेको छ । जसले प्रयोगकर्ताको लाइभमा सामेल हुन अरू पाँच जनालाई अनुमति दिनेछ । र एपमा पहिले नै लागु गरिएको छ।

चीनको उत्पत्ति भएको टिकटकले सन् २०१७ मा उत्तरी अमेरिकामा डेब्यू गरेदेखि धेरै लोकप्रियता हासिल गरेको छ। अगस्टसम्म दुई तिहाइ भन्दा बढीले अमेरिकी टिनएजरले टिकटक प्रयोग गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com