अमेरिकी गायन प्रतियोगिता ‘द भ्वाइस’को मंगलबारको ब्याटलमा परिजिता बास्तोला विजयी


प्रकाशित मिति : कार्तिक २, २०७९ बुधबार

अमेरिकी गायन प्रतियोगिता द भ्वाइसको मंगलबारको ब्याटलमा नेपाली मूलकी परिजिता बास्तोला विजयी भएकी छिन् । मङ्गलबार द मर्लिन्ड्सका दुई दिदीबहिनी र परिजिता बास्तोलाबीचको भ्वाइस ब्याटल्समा कडा प्रतिस्पर्धा भएपनि बास्तोलालाई विजयी घोषणा गरिएको थियो ।

उनीहरुले बी गीजको हाउ डिप इज योर लभ भन्ने गीत गाएका थिए । दुबैले यति राम्रो गाएका थिए कि जोन लिजेन्ड के गर्ने भनेर अन्यौलमा परेका थिए । तर अन्त्यमा १७ बर्षीया बास्तोलालाई विजेताका रुपमा छान्दै उनले परिजिताको आवाज अभूतपूर्व रहेको टिप्पणी गरेका थिए ।

परिजिता द भ्वाईस प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली मूलकी अमेरिकन हुन् ।

मंगलबारको भ्वाइस ब्याटल्समा मेरिलिन्ड्सलाई पनि सुरक्षित गरिएको छ । मेरिलिन्ड्सलाई सुरक्षित गर्न लिजेन्डले सुरक्षित गर्नसक्ने आफ्नो अन्तिम सेभ प्रयोग गरेका थिए । मेरिलिन्ड्स पनि बचाउन योग्य रहेको लेजेन्डले बताए ।

द भ्वाईसलाई संसारकै उत्कृष्ट गायन रियालिटी शोको रूपमा लिइन्छ। नेपालमा समेत यसको फ्रेन्चाईजी शो ‘द भ्वाईस अफ नेपाल’ निकै चर्चित रहेको छ।

आमा बिरा तिवारी, बुबा पंकज बास्तोला र दिदी प्रियांकासहित अमेरिकाको मेरील्याण्डमा बस्दै आएकी परिजिताले ४ वर्षको उमेरदेखि गीत गाउन शुरु गरेकी थिइन्। दुई दशकअघि नेपालको काठमाडौँबाट बास्तोला परिवार अमेरिका पुगेका थिए। परिजिताको जन्म अमेरिकामा नै भएको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com