क्यालिफोर्निया र फ्लोरिडाका व्यक्तिलाई पर्यो ४९४ मिलियन डलरको मेगा मिलियन ज्याकपट


प्रकाशित मिति : आश्विन २९, २०७९ शनिबार

1 U.S.A dollar banknotes

अमेरिकामा ४९४ मिलियन डलरको मेगा मिलियन ज्याकपट लोटरी क्यालिफोर्निया र फ्लोरिडाका व्यक्तिलाई परेको छ । ९, २२, २६, ४१ र ४४ नम्बर एवं मेगा बल १९ ले शुक्रबारको ज्याकपट जितेको छ ।

क्यालिफोर्नियाको सान होजेमा रहेको सेभेन इलाभेन स्टोरमा एक मेगा मिलियन विजेता टिकट बेचिएको थियो। त्यस्तै दोस्रो टिकट पनि फोर्ट मायर्सको सेभेन इलाभेन स्टोरमा नै बेचिएको थियो । विजेताको पहिचान हुन बाँकी छ ।

मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यसको ज्याकपटक जित्नका लागि ३०२ मिलियन टिकटबीच सबैभन्दा धेरै भाग्यशाली हुन जरुरी छ ।

यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com