न्युयोर्कको क्वीन्समा ‘ए’ ट्रेनमा गोली प्रहार, १५ बर्षीय बालकको मृत्यु


प्रकाशित मिति : आश्विन २८, २०७९ शुक्रबार

न्युयोर्कको क्वीन्समा ‘ए’ ट्रेनमा गोली प्रहारबाट १५ बर्षीय बालकको मृत्यु भएको छ । क्वीन्सको सबवे कारमा शुक्रबार दिउँसो भएको गोली प्रहारमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पीडितको पहिचान सार्वजनिक गरेको छैन । दिउसो ३ बजेर ४७ मिनेटमा फार रकवेमा दक्षिणतिर गइरहेको ए ट्रेन चढिरहेका बेला उनीमाथि छातीमा गोली प्रहार भएको थियो ।

छातीमा कम्तीमा एक गोली लागेको जनाइएको छ । यात्रुहरुले उनलाई फार रकवे मोट एभिन्यू स्टेसनमा ट्रेनबाट बाहिर ल्याएका थिए ।

आपतकालीन कामदारहरूले उनलाई ट्रेनस्टेशमा पुनर्जीवित गर्ने प्रयास गरेका थिए । त्यसपछि उनलाई अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

गोली हान्ने व्यक्तिलाई अहिलेसम्म पक्राउ गरिएको छैन । प्रहरी पत्रकार सम्मेलन मार्फत यसबारे थप जानकारी दिने जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com