नर्थ क्यारोलिनामा गोली हानेर ५ जनाको ज्यान लिएपछि पक्राउ संदीग्ध १५ बर्षीय


प्रकाशित मिति : आश्विन २८, २०७९ शुक्रबार

बिहिबार बिहीबार अमेरिकाको नर्थ क्यारोलिनाको रालेहमा पाँच व्यक्तिको मृत्यु र कम्तिमा दुई जना घाइते हुनेगरी भएको गोलीकाण्डमा प्रहरीले १५ वर्षीय संदिग्धलाई हिरासतमा लिएको छ । मृतकमध्ये एकजना ड्युटीमा जाँदै गरेका प्रहरी अधिकारी २९ बर्षका गेब्रियल टोरेस रहेका छन् ।

अन्य मृतकमा ५९ बर्षका निकोल कोनर्स, ४९ बर्षकी सुसान कर्नाट्ज, ३५ बषैकी मेरी मार्शल र १६ बर्षका जेम्स रोजर थम्पसन रहेका छन् ।
दुई जनालाई अस्पतालमा लगिएकोमा घाइते प्रहरी अधिकारीलाई डिस्चार्ज गरिएको छ भने अर्का घाइतेको अवस्था गम्भिर रहेको छ ।

गोली चलाउने व्यक्ति १५ बर्षका श्वेत व्यक्ति भएको प्रहरीले बताएपनि अन्य कुनै विवरणहरू सार्वजनिक गरेको छैन। उक्त व्यक्तिलाई हिरासतमा लिएपछि अस्पताल लगिएको थियो । संदिग्धलाई लागेको चोटपटकको स्थीतिबारे केही बताइएको छैन ।

साँझ ५ बजेपछि गोली चल्न सुरु भएको थियो । लगत्तै अधिकारीहरूले संदिग्धलाई पक्रन खोजी सुरु गरेका थिए । प्रहरीले राति ८ बजेतिर संदिग्धलाई एउटा घरबाट रहेको पत्ता लगाएको थियो भने राती पौने १० बजेतिर नियन्त्रणमा लिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com