शंकास्पद ९११ फोनकलपछि अमेरिकाको कनेक्टिकटमा मारिए २ प्रहरी अधिकारी


प्रकाशित मिति : आश्विन २७, २०७९ बिहीबार

बुधबार राति अबेर ९११ मा फोनकल आयो, जसमा कनेक्टिकटको ब्रिस्टलमा एउटा घरमा सम्भावित घरेलु झगडाको अनुसन्धान गर्न आवश्यक भएको बताइएको थियो ।

जब तीनजना प्रहरी अधिकारीहरू आइपुगे, त्यहाँ उनीहरुको बन्दुकधारीसँग जम्काभेट भयो । गोली चल्दा ३५ वर्षीय सर्जेन्ट डस्टिन डेमोन्टे र ३४ वर्षीय प्रहरी अधिकारी एलेक्स ह्याम्जी मारिए ।

बन्दुकधारी ३५ वर्षीय निकोलस ब्रुचरलाई पनि घटनास्थलमा गोली हानी मारिएको प्रहरीले जनाएको छ । अर्का प्रहरी अधिकारी एलेक इउराटो बन्दुकको गोली लागेर घाइते भएका छन् । घटनामा बन्दुकधारीका भाई ३२ बर्षीय नाथन ब्रुचर पनि घाइते भएको जनाइएको छ ।

घाइते प्रहरी अधिकारी एलेक इउराटो

बिहीबार कनेक्टिकटमा झण्डाहरू आधा झुकाइएको थियो । प्रहरीले आफ्ना मारिएका सहकर्मीहरूप्रति शोक र श्रद्धाञ्जली व्यक्त गरे । प्रहरीमाथि किन गोली चलाइयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

९११ मा आएको फोनकल प्रहरीलाई फसाउने चालमात्र भएको प्रहरीले आशंका गरेको छ । ब्रिस्टलको रेडस्टोन हिल रोडमा रहेको घरमा अफिसरहरूलाई जानीजानी फसाउन फोनकल गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । फोनकल राती साढे १० बजे आएको थियो ।

जब प्रहरीहरु त्यहाँ पुगे, निकोलस ब्रुचर पहिले नै घर बाहिर उभिएको थियो । त्यसपछि उसले प्रहरीमाथि गोली चलायो । प्रहरी अधिकारी हम्जीको घटनास्थलमा नै गोली लागेर मृत्यु भयो भने सर्जेन्ट डेमोन्टेलाई अस्पताल लगिएको थियो । र त्यहाँ मृत घोषित गरियो।

सन् २०१८ मा नियुक्त प्रहरी अधिकार इउराटोलाई हार्टफोर्डको सेन्ट फ्रान्सिस अस्पतालमा शल्यक्रियाको लागि लगिएको थियो । उनलाई बिहीबार बिहान ११ बजेपछि अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com