अमेरिकाको नर्थ क्यारोलिनामा गोली चल्दा ५ को मृत्यु, आक्रमणकारी हिराशतमा


प्रकाशित मिति : आश्विन २७, २०७९ बिहीबार

अमेरिकाको नर्थ क्यारोलिनाको रालेहमा गोली चल्दा ५ जनाको मृत्यु भएको छ । रालेहका मेयर मेरी एन बाल्डविनका अनुशार मृतकमध्ये एकजना ड्युटीमा नरहेका प्रहरी अधिकारी समेत छन् ।

दुई जनालाई अस्पतालमा लगिएकोमा एक जना के नाइन अफिसर समेत रहेका छन् । उनीहरुमा जीवन जोखिममा पर्ने चोट नलागेको जनाइएको छ । सकृय गोलीकाण्डमा कम्तिमा चार जना घाइते भएका छन् ।

संदीग्ध आक्रमणकारीलाई हिराशतमा लिइसकिएको प्रहरीले जनाएको छ । हेलिकप्टर फुटेजमा एक दर्जन भन्दा बढी आपतकालीन सवारीहरू जंगलको क्षेत्र हुँदै सडकमा लाइनमा देखिएको थियो ।

एक स्थानीय अस्पतालले चार घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाएको छ। वेकमेड हेल्थ एण्ड हस्पिटल सिस्टमका प्रवक्ता डेब लाघरीले पीडितको चोट वा अवस्थाको बारेमा तुरुन्तै जानकारी नभएको बताइन्।

प्रहरीले गोली प्रहार गर्ने वा आक्रमणकारीको बारेमा कुनै जानकारी दिएको छैन । प्रहरीले त्यसक्षेत्रका बासिन्दाहरूलाई घरभित्रै बस्न पनि सल्लाह दिएको छ।

सवारी चालकहरूलाई यस क्षेत्रबाट टाढा रहन र वैकल्पिक मार्गहरू खोज्न सल्लाह दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com