न्युयोर्क सिटीको अपार्टमेन्टमा दुर्घटनावश गोली चल्दा १७ वर्षीया किशोरीको मृत्यु


प्रकाशित मिति : आश्विन २५, २०७९ मंगलबार

न्युयोर्क सिटीको ब्रुकलिनमा रहेको अपार्टमेन्टमा सम्भावित दुर्घटनावश गोली चल्दा एक १७ वर्षीया किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राइलुन क्यामरुनलाई प्रहरीले सोमबार राती ११ बजे भन्दा पहिले ड्युमन्ट एभिन्यू नजिकै एल्डर्ट लेनमा रहेको इस्ट न्यूयोर्क भवनको लबीमा छातीमा गोली लागेको अवस्थामा भेटाएको थियो ।

उनी मानिसहरूको समूहसँग ह्याङ आउट गरिरहेको अवस्थामा कसैले गल्तिले बन्दुक चलाएको हुनसक्ने र उनलाई सख्त घाइते बनाएको हुनसक्ने प्रहरीको भनाई छ । गए राती आफू ओछ्यानमा रहेको बेला गोली चलेको आवाज सुनोको गोली हानिएको अपार्टमेन्टको तल छिमेकीले बताए ।

पीडितका २५ वर्षीय दाईले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए । बहिनीको फोनबाट सन्देश आएको र त्यहाँ लोकेशन समेत समावेश रहेको उनले प्रहरीलाई जानकारी दिएका थिए । बहिनीलाई के भयो भन्ने थाहा नपाइकनै दाजु घटनास्थलमा पुगेका थिए ।

अन्य दुई महिलाले पनि प्रहरीलाई फोन गरेर किशोरलाई अपार्टमेन्ट भित्र गोली हानिएको जानकारी दिएका थिए । उनीहरुले पनि गोली हान्ने व्यक्तिको जानकारी दिएका थिएनन् ।

अनुसन्धानकर्ताहरुले छैठौं तलाको खाली अपार्टमेन्टको बैठक कोठामा सोफामा रगतको दाग फेला पारेका थिए । त्यस्तै किचनमा बन्दुकको गोलीको खोका भेटिएको थियो । रगतको दाग लिफ्ट र छैठौं तलाको हलवेमा समेत थियो ।

सुरक्षा फुटेजमा दुई पुरुषहरूले क्यामरूनलाई लिफ्टमा र अगाडिको लबीमा लैजाँदै गरेको देखिएको छ । जहाँ उनीहरूले आपतकालित टिमलाई पर्खिरहेका थिए ।

एक भवन सुरक्षा कर्मचारीले लबीमा गोली लागेको अवस्थामा किशोरीलाई देखे पछि प्रहरीलाई फोन गरेका थिए । क्वीन्सको फार रकवेकी क्यामरुनलाई ब्रूकडेल युनिभर्सिटी अस्पताल मेडिकल सेन्टरमा लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो ।

किशोरीले भर्खरै हाई स्कूलबाट स्नातक गरेको र कलेज सुरु गर्ने तयारी गरिरहेको जनाइएको छ । २ सातापछि उनको जन्मदिन थियो भने उनी १८ मा प्रवेश गर्दै थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com