पूर्व रुसी राष्ट्रपतिले युक्रेनमा भएको मिसाइल हमलाबारे भने -‘यो त सुरुवात मात्र हो’


प्रकाशित मिति : आश्विन २४, २०७९ सोमबार

पूर्व रुसी राष्ट्रपति दिमित्री मेदभेदेवले युक्रेनमा ठूलो हवाई हमलाको बीचमा थप आक्रमणको चेतावनी दिएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी दिमित्री मेदवेदेवले सामाजिक सञ्जालमा लेख्दै आक्रमणको वृद्धि रुसबाट युद्धको वृद्धिको सुरुवात हुनसक्ने संकेत दिएका छन्।

उनले युक्रेन रुसका लागि स्पष्ट देखिने खतरा हुने लेखेका छन् । उनले भविष्यमा गर्ने काम युक्रेनमा राजनीतिक शासनको पूर्ण अन्त्य गर्ने उद्देश्यले हुनेछ।

यस्तो कथनले संकेत गर्दछ कि यदि यो वास्तवमै रुसको दृष्टिकोण हो भने रसियाले पूरै युक्रेनलाई रुसको प्रभावको क्षेत्रमा नआएसम्म युद्ध जारी राख्न सक्छ।

सोमबार  राजधानी किभसहित कैयौ युक्रेनी शहरहरुमा भएका क्षेप्यास्त्र हमलामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १२ घाइते भएका राष्ट्रिय प्रहरी स्रोतले जानकारी दिएको छ ।रुसले किभमा ठूला हमलाहरु गरेको र अधिकांश क्षेप्यास्त्र राजधानीको केन्द्रमा परेका जनाइएको छ ।

पाँच जनाको मृत्यु हुनुको साथै १२ जना घाइते भएका राष्ट्रिय प्रहरी सेवाले फेसबुकमार्फत एक विज्ञप्तिमा जानकारी दिएको छ । मस्कोले जोड्ने पुलमा विस्फोटको लागि युक्रेनलाई दोष लगाएको एक दिनपछि यसप्रकार क्षेप्यास्त्र प्रहार भएको जनाइएको छ ।

रुसको ज़ापोरिज्जियामा आक्रमणपछि यूक्रेनी अग्निनियन्त्रकहरु घटनास्थलमा ।

देशका धेरै शहरहरूमा क्षेप्यास्त्र आक्रमणको चपेटामा रहेका र जनतालाई आश्रयमा बस्न युक्रेनका राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोले सामाजिक सञ्जालमा आह्वान गर्नु भएको छ । किभमा रहेका एएफपी संवाददाताहरूले स्थानीय समयानुसार सोमबार बिहान ८ः१५ बजे ठूलो विस्फोटहरु भएको बताएका छन् ।

एक क्षेप्यास्त्र बालबालिकाको खेल मैदाननजिकै अवतरण भएको एएफपी पत्रकार जानकारी दिएका छन् । त्यो स्थानमा रहेको ठूलो खाडलबाट धुवाँ निस्किरहेको जनाइएको छ । युक्रेनको राजधानीमा रुसी आक्रमण जारी रहेको र सहरको केन्द्रहरुमा क्षेप्यास्त्र प्रहार भएका मेयर भिटाली क्लिट्स्कोले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com