केही भागमा युद्ध हारेपछि रुसको निशानामा युक्रेनी सर्वसाधारण, मध्यरातमा मिसाइल हान्दा १७ को मृत्यु


प्रकाशित मिति : आश्विन २३, २०७९ आईतबार

दक्षिणपूर्व युक्रेनमा पर्ने ज़ापोरीज्ज्यामा रातीको समयमा सुतेका युक्रेनी सर्वसाधारणहरुमाथि रुसले मिसाइल आक्रमण गरेको छ । जसमा कम्तीमा १७ जना सर्वसाधारणको मृत्यु भएको छ ।

पूर्वी र दक्षिणी युक्रेनका केही भागहरूमा युद्ध असफल भएपछि रूसी सेनाले नागरिकहरुमाथि निशाना जारी राख्दा ज़ापोरीज्ज्या सहरमा रातभरको आक्रमणमा सर्वसाधारणको मृत्यु भएको हो ।

युक्रेनको दक्षिणपूर्वमा रहेको यसक्षेत्रमा रातभर भारी रकेटको आगोले घरहरूमा हानिएको थियो भने अपार्टमेन्ट भवनको केही भाग ध्वस्त भएको छ । कार्यवाहक मेयर अनातोली कुर्तिएभले पाँच घर ध्वस्त भएको र ४० वटा घरमा क्षति पुगेको बताएका छन् ।

ज़ापोरीज्ज्यामा रुसी आक्रमणपछि भग्नावशेसहरु हटाउँदै युक्रेनी अग्निनियन्त्रकहरु ।

युक्रेनी समाचार माध्यमहरुले प्रकाशित तस्बिरहरूमा भग्नावशेषको थुप्रो र यसको वरिपरि आगोले उज्यालो भएको आंशिक रूपमा भत्किएको भवन देखिएको छ । रुसको यो मिसाइल आक्रमण नागरिकहरूमाथिको आक्रमणको पछिल्लो घटना हो ।

बिहीबार रुसी मिसाइल हमलामा ज़ापोरीज्ज्यामा कम्तिमा १४ जनाको मृत्यु भएको थियो भने केही शव एक दिनभन्दा बढी समयपछि भग्नावशेषबाट निकालिएको थियो । युक्रेनी अधिकारीहरूले रुसले बदला लिन नागरिकहरुमाथि आक्रमण गरेको आरोप लगाएका छन् किनभने युक्रेनी सेनाले हालैका हप्ताहरूमा रूसी सेनाहरूलाई पछाडि धकेलेको छ।

ज़ापोरीज्ज्यामा रुसी आक्रमणपछि आगो निभाउँदै युक्रेनी अग्निनियन्त्रकहरु ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुशार रुसी सेनाले बिहीबार १४ जनाको ज्यान जानेगरी मिसाइल आक्रमण भएको क्षेत्रमा उद्धारकर्ताहरूलाई लक्षित गरेर दोस्रो मिसाइल आक्रमण गरेको हो । यस्ता दुष्टताका हजारौं अभिव्यक्ति रुसले पहिले नै दिएको र यस्ता हजारौं घटना हुनसक्ने उनले बताएका छन् ।

युक्रेनी सेनाका अनुशार रुसले सिधै निशानामा हान्ने इरानमा बनेका कामिकाजे ड्रोनहरू प्रहार गरेका छन् । ज़ापोरीज्ज्या चार युक्रेनी क्षेत्रहरू मध्ये एक हो जुन बुधबार रुसले अवैध रूपमा रुसमा गाभेको घोषणा गरेको थियो।

हालैका आक्रमणहरूपछि शहरबाट मानवीय उद्दारकार्य निलम्बित गरिएको छ। गत महिनाको अन्त्यमा ज़ापोरीज्ज्या प्रान्तमा लडाइँबाट भागेका मानिसहरूले भरिएको सवारी साधनमा रुसी मिसाइल आक्रमण हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो भने ८८ जना घाइते भएका थिए।

रसियाले नागरिकमाथि आक्रमण गरेको अस्वीकार गर्दै आएको छ । आफूपति समर्थन जुटाउन यस्ता आक्रमणहरू युक्रेनी सेना आफैले गरेको रुसको आरोप छ ।

रुसले शुक्रबार मध्यरातपद्धि खार्किभ शहरको केन्द्रमा युक्रेनी सेनाले प्रयोग गरेका दुईवटा भवन कम्प्लेक्सलाई निशाना बनाएर चारवटा मिसाइल आक्रमण गरेको थियो । उक्त घटनामा घाइते एक ४५ वर्षीय व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको थियो।

तीमध्ये तीनवटा मिसाइल भवनको आँगनमा र चौथो सडकको पार्कमा खसेका थिए। एउटा मिसाइल सहरको पुस्तकालयको मैदानमा खसेको थियो ।

त्यस्तै शनिबार क्रिमियन प्रायद्वीपलाई रसियासँग जोड्ने १२ माइलको पुल विस्फोटबाट नराम्ररी क्षतिग्रस्त भएको थियो । यो पुल दक्षिणी युक्रेनमा लडिरहेका मस्कोका सेनाहरूको लागि प्राथमिक आपूर्ति मार्ग हो । साथै यो रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको लागि पनि गहिरो प्रतीकात्मक छ किनभने पुटिन आफैले ट्रक चलाएर पुलको उद्घाटन गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com