५ लाख निशुल्क हवाई टिकट दिदै हङकङ


प्रकाशित मिति : आश्विन २२, २०७९ शनिबार

lighted city skyline at night

कोरोना महामारी सम्बन्धित यात्रा प्रतिबन्धहरू बिस्तारै विश्वभरि हट्दै छन् । तर हङकङमा भने सबैभन्दा अचम्मलाग्दो रूपमा हटाइदैछ । महामारीपछि चीनले बासिन्दाहरू र आगन्तुकहरूका लागि आफ्नो क्वारेन्टाइन प्रतिबन्धहरु अविश्वसनीय रूपमा कडा गरेको थियो ।

अब हङकङ शहरले अन्तर्राष्ट्रिय यात्रुहरूलाई स्वागत गरिरहेको छ र उनीहरूलाई भ्रमणका लागि लोभ्याउने योजनाहरु ल्याएको छ। हङकङको एयरपोर्ट प्राधिकरणले पर्यटक र स्थानीय बासिन्दाहरूलाई करिब २५४ मिलियन डलरका ५ लाख उडान टिकटहरू दिने योजना सार्वजनिक गरेकोमा यसै साता उक्ता योजनालाई कार्यमा ल्याउन तयार रहेको जनाएको छ ।

हङकङ पर्यटन बोर्डले हाल अन्तर्राष्ट्रिय एयरलाइन्ससँग मिलेर यसबारे काम गरिरहेको छ । सबै कुरा मिलिसकेपछि थप विवरणहरू घोषणा गरिने जनाइएको छ ।

भ्रमणका लागि पुन खुला गरिनु अघिल्लो नीतिहरूबाट ठूलो परिवर्तन हो। महामारीको प्रारम्भिक चरणमा हङकङ सहरले आउने यात्रुहरूलाई होटेलको कोठामा २१ दिन बिताउन लगाएको थियो । स्थानीय बासिन्दाहरूलाई मात्र प्रवेश अनुमति दिइएको थियो। त्यसयता सेप्टेम्बर २६ मा प्रतिबन्धहरु पूर्ण रूपमा खारेज हुनु अघि क्वारेन्टाइन अवधि सात दिन र त्यसपछि अन्ततः तीन दिनमा घटाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

bird's-eye view photography of city buildings

यी परिवर्तनहरूको बावजुद पर्यटन व्यवसाय पहिलेकै लयमा फर्कन भने ढिलो भएको छ। २०१९ मा करिब ५ करोड ६० लाख मानिसले हङकङ भ्रमण गरेका थिए। तो बेला यो शहरलाई विश्वव्यापी आगमनको लागि नम्बर एक स्थान दिएको थियो।

त्यसयता पर्यटकको संख्यामा भारी गिरावट आएको छ। हङकङ पर्यटन बोर्डका अनुशार यस वर्षको पहिलो छ महिनामा ७६ हजार पर्यटकमात्र भित्रिएका छन् । जबकी २०१८ मा ६५ मिलियन पर्यटक भित्रिएका थिए ।

हङकङ भ्रमण गर्न चाहनेहरूले अझै पनि केही नियमहरु पालना गर्नुपर्छ । आउने यात्रुहरूले उडान पूर्व खोप प्रमाणपत्र, नेगेटिभ कोरोनापरीक्षण र एन्टिजेन परीक्षण रिपोर्ट पेश गर्न आवश्यक छ। हङकङ आइसकेपछि उनीहरुले तीन दिन आफूलाई निगरानीमा राख्नुपर्छ । त्यो समयमा रेस्टुरेन्ट र बारहरूमा जान पाइनेछैन ।

यति मात्र नभई आगन्तुकहरूले उनीहरू अवतरण गरेको दुई दिन पछि, अर्को चार दिन पछि र अर्को छ दिन पछि पनि पीसीआर परीक्षण पूरा गर्नुपर्नेछ। यदि यो सम्भव नभएको खण्डमा हरेक दिन सात दिनसम्म लगातार दु्रत एन्टिजेन परीक्षण गरेर पेश गर्न सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com