आयरल्याण्डको ग्यास स्टेशनमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ९


प्रकाशित मिति : आश्विन २२, २०७९ शनिबार

उत्तरपश्चिमी आयरल्याण्डको एउटा सानो गाउँलाई चकनाचूर गर्नेगरी ग्यास स्टेशन विस्फोटबाट मृत्यु हुनेको संख्या शनिबार बढेर नौ पुगेको छ । आपतकालीन कामदारहरूले अझै पनि बेपत्ता भएका मानिसहरूलाई भग्नावशेषको थुप्रोमा खोजिरहेका छन् ।

काउन्टी डोनेगलको क्रिसलोफमा शुक्रबारको विस्फोटबाट थप बाँचेकाहरू फेला पार्ने आशा गरिएको छैन । करिब ४०० व्यक्तिको समुदायमा रहेको एप्पलग्रीन सर्भिस स्टेशन ध्वस्त भएपछि आठ जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।

विष्फोटले गाउँको मुख्य पसल र हुलाक कार्यालय रहेको ग्यास स्टेशन भवनका साथै छेउछाउको अपार्टमेन्ट भवनमा क्षति पुगेको छ भने नजिकैको कटेजका झ्यालहरू फुटेका छन् । घटनास्थलबाट सय यार्ड टाढासम्म ब्लकहरू उछिट्टिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले डोनेगल र सम्पूर्ण देशका लागि सबैभन्दा कालो दिन भएको बताएका छन् । आयरल्यान्डको संसदमा डोनेगलको प्रतिनिधित्व गर्ने कृषि मन्त्री चार्ली म्याककोनालोगले यो क्षेत्रको मुख्य बाटोमा रहेको स्थान प्रसिद्ध रहेको र स्थानीय समुदायको हृदय रहेको बताएका छन् ।

शनिबार बिहान स्थानीय चर्चमा आयोजित एक कार्यक्रममा फादर जोन जो डफीले आफ्नो समुदाय ’शोकको सुनामी’को चपेटामा परेको बताएका थिए।

बेलायतद्वारा सञ्चालित उत्तरी आयरल्याण्डसँगको सीमाको दुवैतिरबाट फायर सर्भिससहित आपतकालीन सेवाका धेरै गाडीहरू रातभर घटनास्थलमा नै रहेका थिए । गार्ड र नागरिक सुरक्षा पनि संलग्न थिए र कोस्टगार्डको हेलिकप्टरले केही घाइतेहरूलाई लेटरकेनी युनिभर्सिटी अस्पतालबाट राजधानी डबलिनमा लगेको थियो ।

घटनास्थलबाट करिब १५० मिटर (५०० फिट) को दूरीमा रहेको घरका बासिन्दा किरन गालाघेरले घटनामा शक्तिशाली वम विस्फोट प्रयोग गरिएको हुनसक्ने बताए : ‘म त्यतिबेला आफ्नो घरमा थिएँ र विस्फोटको ठूलो आवाज सुनेको थिएँ । तुरुन्तै मैले बाहिर हेर्दा शक्तिशाली बम पड्केको जस्तो थियो ।’

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com