‘युक्रेनका लागि मुख्य चुनौती रूसी आक्रमणबाट ऊर्जा सुविधाको भौतिक सुरक्षा’ : जेलेन्स्की


प्रकाशित मिति : आश्विन २२, २०७९ शनिबार

Ukrainian President Volodymyr Zelenskyy gestures while speaking to the media during a news conference in Kyiv, Ukraine, Friday, Nov. 26, 2021. (Ukrainian Presidential Press Office via AP)

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको द्वन्द्वबीच युक्रेनका लागि मुख्य चुनौतीबारे शुक्रबार रूपरेखा प्रस्तुत गर्नुभएको छ ।

युरोपेली परिषद्को अनौपचारिक बैठकमा भिडियो लिंकमार्फत बोल्दै जेलेन्स्कीले युक्रेनका लागि मुख्य चुनौती रूसी आक्रमणबाट आफ्नो ऊर्जा सुविधाको भौतिक सुरक्षा रहेको बताउनुभयो ।

युक्रेनलाई आफ्नो ऊर्जा पूर्वाधारमा सम्भावित आक्रमणरोक्न पर्याप्त हवाई प्रतिरक्षा प्रणालीको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

जेलेन्स्कीले भन्नुभयो, “कीभका लागि अर्को चुनौती दक्षिणी युक्रेनमा रहेको जापोरिजिया आणविक ऊर्जा केन्द्रको असैन्यीकरण र यसको कार्यप्रणालीको पुनस्र्थापना हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

द्वन्द्वपछिको पुनर्निर्माण सरकारका लागि तेस्रो महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै युक्रेनी नेताले युक्रेनको द्रूत पुनः निर्माण योजनाअन्तर्गत काम गर्न थालिसकेका देशहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

युक्रेनको अवस्थाका साथै ऊर्जा र आर्थिक विषयमा छलफल गर्न चेक रिपब्लिकको प्रागमा युरोपेली परिषद्को अनौपचारिक बैठक शुक्रबार बसेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com