न्युयोर्कको ट्रेन स्टेशन भित्र दिनदहाडै पछाडिबाट छुरा प्रहार


प्रकाशित मिति : आश्विन २२, २०७९ शनिबार

man peeking on new york city subway train window

न्युयोर्कको म्यानहटनमा ट्रेन स्टेशन भित्र एक व्यक्तिलाई दिनदहाडै पछाडिबाट छुरा प्रहार गरिएको छ । बिहिबार दिउँसो १ बजेतिर एक पुरुष आक्रमणकारीले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

हार्लेमको १२५ औं स्ट्रीट ए, बी, सी र डी स्टेशन भित्र यो घटना भएको हो । घाइतेलाई माउन्ट साइनाई अस्पतालमा लगिएको छ भने घाइतेको अवस्था स्थीर भएको जनाइएको छ ।

आक्रमणकारी स्टेशनबाट भागेको र प्रहरीले यो सामाचार तयार पार्दँसम्म पक्राउ गर्न सकेको छैन । आक्रमणकारीलाई पछिल्लो पटक नीलो चश्मा, नीलो जिन्स र नीलो ज्याकेट लगाएको देखिएको प्रहरीले जनाएको छ।

दिनदहाडै भएको आक्रमणको उद्देश्य तत्काल स्पष्ट हुन सकेको छैन। ब्रुकलिन एल ट्रेनमा दुईजना बच्चाका पितालाई छुरा प्रहार गर्ने होमलेस जमानतमा छुटेको एक हप्ताभन्दा कम समयमा यो घटना भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com