पासवर्ड चोर्ने ४ सय खराब एप्लीकेशनबारे फेसबुकको चेतावनी, १० लाखको जानकारी खतरामा


प्रकाशित मिति : आश्विन २२, २०७९ शनिबार

television showing man using binoculars

फेसबुकले प्रयोगकर्ताहरूको लगइन जानकारी चोर्ने लगभग ४ सय खराब एपहरू पहिचान गरेको बताएको छ। फेसबुक कम्पनी मेटाले एप्पल र गुगललाई आ आफ्नो एप स्टोर मार्फत उपलब्ध हुने एपको बारेमा सूचित गरेको बताएको छ ।

फेसबुक प्यारेन्ट मेटाले १ मिलियन प्रयोगकर्ताहरूलाई उनीहरूको लगइन जानकारी खराब एपहरू मार्फत चोरिएको हुनसक्ने चेतावनी दिइरहेको छ।

iPhone X beside MacBook

मेटाका अनुसन्धानकर्ताहरूले यस वर्ष ४ सय भन्दा बढी त्यस्ता खराब एन्ड्रोइड र एप्पल आईओएस एपहरू फेला पारेका छन् जुन प्रयोगकर्ताहरूको व्यक्तिगत फेसबुक लगइन जानकारी चोर्न डिजाइन गरिएको थियो ।

मेटाका प्रवक्ता गेबी कर्टिसले १ मिलियन प्रयोगकर्ताहरूलाई चेतावनी दिइएको पुष्टी गरेका हुन् । फेसबुकले पहिचान गरेका एपहरू एप्पलको एप स्टोर र गुगल प्ले स्टोरमा गेमहरू, फोटो सम्पादन स्वास्थ्य र जीवनशैली सेवाहरू र अन्य प्रकारका सेवा उपलब्ध गराउनेभन्दै मानिसहरूलाई छल गर्नका लागि सूचीबद्ध गरिएका छन् ।

प्राय खराब एप्लीकेशनले प्रयोगकर्ताहरूलाई फेसबुकमार्फत लगइन गर्न सोध्ने र पछि प्रयोगकर्ता नाम र पासवर्ड चोर्ने गरेको फेसबुकले फेला पारेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com