Follow @khasokhasmag

अमेरिकाको लस भेगासमा दिनदहाडै क्यासिनो अगाडी छुरा प्रहार, २ को मृत्यु, ६ घाइते


प्रकाशित मिति : आश्विन २०, २०७९ बिहीबार

do not cross police barricade tape close-up photography

अमेरिकाको लस भेगासमा एउटा क्यासिनो अगाडि शृङ्खलाबद्ध छुरा प्रहारमा छुरा प्रहारको घटनामा कम्तिमा २ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक छुरा प्रहारको घटना फुटपाथ क्षेत्रमा भएको र अप्रत्याशित रहेको प्रहरीले जनाएको छ । पहिले कुनै झगडा भएको नदेखिएको तथा छुरा प्रहारको घटना एकदम छिटो भएको प्रहरीको भनाई छ । सुरुमा छुरा हानेपछि आक्रमणकारी फुटपाथ क्षेत्रमा दक्षिणतिर गएर थप व्यक्तिले छुरा हानेको जनाइएको छ ।

red and white abstract painting
सांकेतिक तस्वीर ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अरुको अवस्था स्थीर रहेको प्रहरीले जनाएको छ । मृतक र घाइतेहरु स्थानीय र पर्यटकहरू रहेका छन् । उनीहरूका परिवारसँग सम्पर्क गरेपछि उनीहरूबारे जानकारी दिने प्रहरीले जनाएको छ ।

३० बर्षीय आक्रमणकारीलाई स्थानीयहरुले पछ्याएपछि प्रहरीले हिराशतमा लिएको छ । उक्त व्यक्ति स्थानीय नभएको जनाइएको छ । घटनास्थलमा भान्सामा प्रयोग हुने एउटा ठूलो चक्कु फेला परेको छ ।

यो घटना साउथ लस भेगास बुलेभार्डको ३१०० ब्लकमा रहेको विन होटल र क्यासिनो नजिकै ११ बजेर ४२ मिनेटमा भएको हो ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com