नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई


प्रकाशित मिति : आश्विन २०, २०७९ बिहीबार

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गर्नुभएको जनाएको छ । त्यसैका लागि उहाँले नोबेल साहित्य पुरस्कार पाउनुभएको हो ।

उहाँले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्नुहुन्छ । एर्नोले व्यवसासयक लेखन थाल्नुपहिले एक शिक्षिकाका रूपमा काम गर्नुभएको थियो ।

उहाँका ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायतका पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन् ।

नोबेल पुरस्कार कमिटिका अध्यक्ष प्रोफेशर कार्ल हेनरिक हेल्डिनले एर्नोले नोम्र्यान्डी फ्रान्समा बाल्यकाल बिताउनुभएको र उहाँको परिवेश त्यस बेला ‘गरिब तर महत्वाकांक्षी’ रहेको बताउनुभयो ।

यो पुरस्कार स्विडिश एकेडेमीले प्रदान गर्ने गर्छ र एक करोड स्विडिश क्रोनर अर्थात् आठ लाख डलर बराबरको रहेको छ ।

गत वर्षको नोबेल शान्ति पुरस्कार तान्जनियाका उपन्यासकार अब्दुल रजाक गुर्नाले पाउनुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com