हैटीमा हैजाका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी


प्रकाशित मिति : आश्विन १८, २०७९ मंगलबार

हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या जानकारीमा आएकोभन्दा निकै बढी हुनसक्ने अधिकारीहरूले बताएका छन् ।

हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या रिपोर्ट गरिएको भन्दा ‘अत्यधिक बढी’ हुन सक्ने र सङ्क्रमितको अवस्था थप बढ्न सक्ने अनुमान गरिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मङ्गलबार चेतावनी दिएको छ ।

संकटग्रस्त क्यारेबियन राष्ट्रमा हैजाका कारण कम्तीमा सात जनाको मृत्यु भएको आइतबार जनाइएको थियो । हैटीमा हैजाको महामारीको पछिल्लो पटक पुष्टि भएको करिब तीन वर्षपछि पुनः महामारीको पुनः उत्थान हुने आशङ्का बढेको छ ।

राजधानी पोर्ट–ओ–प्रिन्सको किनारामा रहेको क्यारेफोर–फ्युइल्स र तटीय क्षेत्र साइट सोलेइलमा थुप्रै शंकास्पद सङ्क्रमित फेला परेका डब्ल्यूएचओले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी क्षेत्रहरू पूर्णतया लडाकू गुट तथा समूहहरूद्वारा नियन्त्रित छन् र जुलाईको अन्त्यदेखि स्वास्थ्य अधिकारीहरूलाई यस क्षेत्रको पहुँचमा धेरै गाह्रो भएको छ ।

हैटीमा हालैका हप्ताहरूमा नाकाबन्दी, इन्धनको अभाव, विरोध प्रदर्शन, लुटपाट र आम हडतालका कारण स्थिति बिग्रिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले जेनेभामा पत्रकारहरूसँग भन्नुभयो, “यो अवस्थाले मानवीय प्रतिक्रियालाई निकै जटिल बनाएको छ ।”

“स्थिति द्रूत गतिमा विकसित भइरहेको छ, र पहिलेका सङ्क्रमित पत्ता नलागेको हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ।

उहाँले मृतकको सङ्ख्या अझै धेरै हुन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानवीय अवस्था, सरसफाईको स्थिति, र गिरोह–नियन्त्रित क्षेत्रहरूमा सङ्क्रमित सङ्ख्या उच्च रहेको हुनसक्ने र बढ्ने अपेक्षा गर्नुपर्दछ । लडाकू समूहको नियन्त्रण भएका क्षेत्र नियन्त्रण गर्न, परीक्षण गर्न वा सहयोग ल्याउनको लागि हामीलाई कुनै पहुँच छैन । लिन्डमेयरले मुखबाट दिइने हैजाको खोप खरिदका लागि अन्तर्राष्ट्रिय समन्वय समूहमा निवेदन दिने तयारी भइरहेको बताउनुभयो ।

यद्यपि, विश्वव्यापी खोपको उपलब्धता सीमित छ र मागले आपूर्तिलाई उछिनेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com