श्रीलङ्कामा न्यून आय भएका परिवारका लागि दुई हजार घर निर्माण गरिने


प्रकाशित मिति : आश्विन १७, २०७९ सोमबार

brown rock formation on green grass field during daytime

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले निम्न आय भएका परिवारका लागि श्रीलङ्का सरकारले दुई हजार नयाँ आवास उपलब्ध गराउने बताउनुभएको छ ।

अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व वासस्थान दिवसका अवसरमा एक सन्देश जारी गर्दै राष्ट्रपति विक्रमासिङ्घेले श्रीलङ्काले दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक रहेको र देशले यस्तो समाज निर्माण गर्नुपर्ने बताउनु भएको छ । उहाँले मानिसहरू आफ्नै घरमा खुशीसाथ बाँच्न सकून् भन्ने सरकारको सदिक्षा रहेको बताउनुभयो ।

houses on green grass field under cloudy sky during daytime

उहाँले भन्नुभयो, “यो योजनालाई वास्तविकतामा परिणत गर्न सरकारले न्यून आय भएका परिवारका लागि दुई हजार आवास निर्माण सुरु गर्नेछ । यो परियोजनाले सहरी क्षेत्रलाई मात्र नभई अर्ध–सहरी जनसङ्ख्यालाई पनि फाइदा पु¥याउनेछ ।”

राष्ट्रपति विक्रमासिङ्घेले न्यून आय भएका परिवारलाई उनीहरूको आवश्यकताका बारेमा परामर्श गरी आवास एकाइ उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com