युक्रेनका लागि लड्न जाँदा रुसी कब्जामा परेका २ अमेरिकी पूर्व सैनिकमाथि कुटपिट र दुर्व्यवहार


प्रकाशित मिति : आश्विन १७, २०७९ सोमबार

युक्रेनका लागि लड्न गएका तर रुसी सेनाद्वारा पक्राउ परेका दुई अमेरिकी पूर्व सैनिकहरुले आफूहरुमाथि व्यापक दुर्व्यवहार भएको बताएका छन् ।

४० वर्षीय एलेक्स ड्र्युके र २७ वर्षीय एन्डी ताई ह्युन्हले आफूहरुलाई हिरासतमा राखिएको १०४ दिनसम्म शारीरिक र मनोवैज्ञानिक दुर्व्यवहारको शिकार भएको बताएका छन् ।

प्रायः खाना वा सफा पानीबाट वञ्चित भएका कारण ३० पाउण्डसम्म घटेको उनीहरुले बताएका छन् । अलाबामाका दुबै पूर्व अमेरिकी सैनिकहरु जुनमा देशको पूर्वी भागमा युक्रेनी सेनासँग लड्ने क्रममा पक्राउ परेका थिए।

उनीहरु रूसी आक्रमणविरुद्ध युक्रेनलाई मद्दत गर्न युक्रेन गएका विदेशीहरुमध्येका थिए । उनीहरु पक्राउ परेका पहिला अमेरिकीहरू थिए। हिरासत पछि उनीहरुलाई रूसी सरकारी मिडियामा देखाइएको थियो जहाँ उनीहरूले युद्धको बारेमा आफ्नो दिमाग परिवर्तन भएको बताएका थिए ।

ड्रुक र ह्युन्ह सेप्टेम्बर २१ मा युक्रेनसँग कैदी आदानप्रदानको एक भागको रूपमा रूसले रिहा गरेका १० युद्ध बन्दीहरूको समूहमा रहेका थिए ।

रुसले हिरासतमा लिनुअघि उनीहरुले आफ्नो पहिलो मिसनको क्रममा जुन ९ मा एक दिनमात्र लडाइँमा सहभागी भएका थिए ।

उनीहरूले आफूसँगै रहेको युक्रेनी टास्क फोर्समाथि आक्रमण भएपछि उनीहरूलाई त्यागिएको थियो । उनीहरूले नियन्त्रणमा पर्नु अगाडि नै आफै खार्किभ फर्कने प्रयास गरेका थिए । उनीहरूलाई रूसमा लगेर धेरै जेलहरूमा राखिएको थियो।

ड्रुक र ह्युन्ह रुसी आक्रमणको प्रतिरोध गर्न मद्दत गर्न चाहेकाले युक्रेन गएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com