भारतीय वायुसेनालाई नयाँ लडाकु विमान, विमानको नाम राखियो ‘प्रचण्ड’


प्रकाशित मिति : आश्विन १७, २०७९ सोमबार

भारतीय वायुसेनाले सोमबार लाइट कम्ब्याट एयरक्राफ्ट पाएको छ। यो लडाकु विमान भारतमा नै बनेको हो । रक्षामन्त्री राजनाथ सिंहले यस लडाकु विमानको नाम ‘प्रचण्ड’ राखेका छन् ।

जोधपुर एयरबेसमा रक्षामन्त्रीको उपस्थितिमा यी विमान वायुसेनामा सामेल भएका हुन् । वायुसेनालाई लाइट कम्ब्याट एयरक्राफ्ट विमानहरू हस्तान्तरण गर्नु अघि सर्वधर्म प्रार्थना गरिएको थियो।

उक्त कार्यक्रमपछि रक्षामन्त्री राजनाथ सिंहले प्रचण्डलाई बिदाइ गरेका थिए । रक्षामन्त्री राजनाथ सिंहले पनि प्रचण्डको भिडियो सेयर गरेका छन् ।

राजनाथ सिंहले जबरदस्त शक्ति, जबरदस्त वेग र भयंकर स्ट्राइक क्षमताको साथ यो लाइट कम्ब्याट एयरक्राफ्टको समावेशले वायुसेनाको शक्ति मात्र बढाउने नभई आत्मनिर्भर भारतको दिशामा ठूलो कदम पनि भएको बताए ।

लाइट कम्ब्याट हेलिकप्टर आधुनिक युद्धक्षेत्रको आवश्यकता अनुरूप डिजाइन र विकास गरिएको आफूलाई जानकारी दिइइको सिंहले बताए । यसको विकासका चरणहरूमा परीक्षणहरूको क्रममा यसले विभिन्न चुनौतीहरूको सामना गर्न सक्षम भएको देखिएको उनले बताए ।

कार्यक्रममा राजनाथ सिंहले वायुसेनालाई यो विमान हस्तान्तरण गर्नको लागि नवरात्रभन्दा राम्रो समय र राजस्थानको माटोभन्दा राम्रो ठाउँ अरू कुनै हुनै नसक्ने बताए ।

हिन्दुस्तान एरोनटिक्स लिमिटेडले यी हल्का लडाकु विमान बनाएको हो। लगभग १८८५ करोडको लागतमा १५ वटा लडाकु विमान सेनामा समावेश गरिनेछ। तीमध्ये १० विमान सोमबार भारतीय वायु सेनामा सामेल भए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com