विश्वभर गरिबका लागि घर बनाउन सकृय पूर्व अमेरिकी राष्ट्रपति कार्टरको ९८ औं जन्मदिन


प्रकाशित मिति : आश्विन १५, २०७९ शनिबार

सबैभन्दा बढी उमेरका जीवित अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर शनिबार ९८ औं जन्मदिन मनाएका छन् । कार्टर सेन्टरका प्रवक्ताका अनुसार कार्टरले आफ्नो परिवारसँग घरमै चुपचाप जन्मदिन मनाएका छन् ।

कार्टर सेन्टरले पूर्व राष्ट्रपतिको जन्मदिन र विरासत मनाउन श्रृंखलावद्ध भर्चुअल कार्यक्रम गरिरहेको छ । र जनतालाई उनको गैरनाफामुखी संस्था मार्फत भर्चुअल जन्मदिन सन्देश पठाउन प्रोत्साहन गरेको छ ।

२०१८ को अन्तमा ९४ वर्षको उमेरमा जर्ज एच डब्ल्यू बुशको निधन पछि कार्टर इतिहासमा जीवित रहेका सबैभन्दा वृद्ध अमेरिकी पूर्व राष्ट्रपति बनेका छन् । हालका वर्षहरूमा कोरोनाभाइरस महामारीको कारण कममात्र सार्वजनिक रुपमा देखा परेका छन् । तर विश्वभर जोखिममा रहेको लोकतन्त्रको बारेमा भने कुरा गर्न भने जारी राखेका छन्।

Former President Jimmy Carter teaches Sunday school at Maranatha Baptist Church, in Plains, Ga. Nearly four decades after he left office and despite a body that’s failing after 95 years, the nation’s oldest-ever ex-president still teaches Sunday school roughly twice monthly at the church. (AP Photo/John Amis, File)

पूर्व राष्ट्रपति कार्टर कलेजो र मस्तिष्कको क्यान्सरबाट पीडित थिए । उनको क्यान्सर सन् २०१५ मा निको भएको थियो । कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए ।

राष्ट्रपतिको कार्यकालपछि कार्टर दम्पत्ति निरन्तर सामाजिक काममा सकृय रहदै छन् । कार्टर र उनकी पत्नी रोजलिन अमेरिका, एशिया तथा अफ्रिकाको विभिन्न स्थानमा पुगेर गरिबका लागि घर बनाउनमा सकृय रहे ।

राष्ट्रपति हुनुभन्दा अगाडि उनले जर्जियाबाट सिनेटरका रुपमा प्रतिनिधित्व गरेका थिए । उनी जर्जियाका गभर्नर समेत रहेका थिए । सन् २००२ मा उनी नोबल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । कार्टर सेन्टरमार्फत उनले गरेको सामाजिक कार्यबाट उनी निकै प्रशंसित छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com