Follow @khasokhasmag

नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन टम्पसनले गरे सपथग्रहण


प्रकाशित मिति : आश्विन १५, २०७९ शनिबार

नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन टम्पसनले सपथग्रहण गरेका छन् । टम्पसनको नियुक्ती अगस्तमा अमेरिकी सिनेटबाट ध्वनीमतले अनुमोदन भएको थियो । अब उनी राजदूतका रुपमा नेपाल आउने भएका छन् ।

जुलाईको तेश्रो साता नियुक्ती प्रस्ताव अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समितिबाट पारित भएको थियो । टम्पसनको नियुक्तीको प्रस्ताव ह्वाइट हाउसले अप्रिलको पहिलो साता सिनेटमा पठाएको थियो ।

मार्च २९ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालका लागि नयाँ राजदूतमा डिन टम्पसनलाई नियुक्तीको प्रस्ताव गरेका थिए ।

२५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका टम्पसनले यस अगाडि अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरेका छन् । सन् २०२० देखि सन् २०२१ सम्म उनले यो क्षेत्रका लागि कार्यवाहक असिस्टेन्ट सेक्रेटरीका रुपमा काम गरेका थिए ।

त्यसअघि टम्पसन मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा नियोग उपप्रमुख रहेका थिए । रोमानियास्थित अमेरिकी दूतावासमा पनि काम गरेका उनले कलकत्तामा अमेरिकी महावाणिज्यदूतका रूपमा काम गरेका थिए। उनले अमेरिकी विदेश मन्त्रालयको सचिवालय, अपरेसन सेन्टरलगायत विभिन्न ठाउँमा काम गरेका छन्।

मेरिल्यान्ड स्कुल अफ पब्लिक अफेयर्सबाट सार्वजनिक व्यवस्थापनमा एमए गरेका थम्पसनले नेसनल वार कलेजबाट राष्ट्रिय सुरक्षा रणनीतिमा एमएस गरेका छन्। उनले स्प्रींगफिल्ड ओहायोको विटेनबर्ग युनिभर्सिटीबाट बीए गरेका थिए ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com