युनाइटेड एयरलाइन्सले न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा उडान सेवा बन्द गर्ने


प्रकाशित मिति : आश्विन १४, २०७९ शुक्रबार

युनाइटेड एयरलाइन्सले अक्टोबरको अन्त्यमा न्युयोर्कको केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिस्पर्धात्मक स्थान हासिल गर्न संघर्ष गरेपछि अस्थायी रूपमा उडान बन्द गर्ने बताएको छ। शुक्रबार कर्मचारीहरूलाई पठाइएको एउटा नोटमा संघीय उड्डयन प्रशासनसँग जोन अफ केनेडी विमानस्थलमा युनाइटेडको उपस्थिति विस्तार गर्ने बारे रचनात्मक कुराकानी भइरहेको जनाइएको छ ।

उडान तालिका अत्यन्तै कममात्र दिइएकोले युनाइटेडले उडान सेवा अस्थायी रूपमा निलम्बन गर्ने कठिन निर्णय गरेको जनाएको छ । पाँच वर्षको अन्तरालपछि एयरलाइन्सले गत वर्ष औपचारिक रूपमा जोन अफ केनेडी विमानस्थलबाट उडान सुरु गरेको थियो ।

महामारीमा अन्य एयरलाइन्सबाट प्रयोग नगरिएका टेकअफ र ल्यान्डिङ स्लटहरु प्रयोग गरेर युनाइटेडले फाइदा उठाएको थियो । तर अब अन्य एयरलाइन्सहरूले आफ्ना स्लटहरू पुन दावी गरेपछि युनाइटेडले कममात्र उडान तालिका पाएको हो ।

युनाइटेडले केही हप्ता अघिदेखि नै जोन अफ केनेडी विमानस्थल छाड्नसक्ने चेतावनी दिएको थियो । त्यहाँ युनाइटेडका लगभग एकसयजना कर्मचारी काम गर्दछन् । ती सबै कामदारहरूलाई अब नजिकैको एयरपोर्टहरूमा सारिएको छ । न्युयोर्कबाहिरको नेवार्क लिबर्टी इन्टरनेशनल एयरपोर्ट युनाइटेडको मुख्य हब हो।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com