अष्ट्रेलियाको उच्च अदालतको १२१ वर्षे इतिहासमा पहिलोपटक अधिकांश न्यायाधीश महिला


प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार

अष्ट्रेलियाको उच्च अदालतको १२१ वर्षको इतिहासमा पहिलो पटक अधिकांश न्यायाधीश महिला हुनेछन् । महान्यायाधिवक्ताका अनुसार अष्ट्रेलियाको न्यायिक प्रणालीमा महिला शक्तिलाई उच्च सम्मान गरिने भएको छ । उच्च अदालतको १२१ वर्षको इतिहासमा पहिलो पटक न्यायाधीश पदमा अधिकांश महिला बस्न लागेका हुन् ।

महान्यायाधिवक्ता मार्क ड्रेफसले बिहीबार भनेका छन्, ‘न्यायाधीश प्याट्रिक केनले १७ गते अवकाश लिएपछि सात न्यायाधीशको उच्च अदालतको इजलासको रिक्त स्थानमा न्यायाधीश जेने जगोटलाई नियुक्त गरिनेछ।’ जगोत सन् २००८ देखि संघीय अदालतमा न्यायाधीश हुन् । ड्रेफसले प्रख्यात न्यायाधीश र वकिलसँगको सम्पर्कमा जगोतलाई निर्वाचित गर्ने निर्णयमा उनको लिंग नखुलेको बताए । प्याट्रिक केनले अक्टोबर १७ मा अवकाश लिँदैछन् । महान्यायाधिवक्ताले जगोत महिला भएकाले आफूलाई न्यायाधीश नियुक्तिमा बाधा नआएको बताए ।

महान्यायाधिवक्ताले भने, ‘उच्च अदालतमा योग्यलाई नियुक्त गरिएको छ । न्यायमूर्ति जगोत एक प्रख्यात न्यायविद् हुन् र धेरै अनुभव भएका छन्। उनी अनगिन्ती व्यक्तिहरू मध्येबाट छानिएका छन्।’ ५६ औँ न्यायाधीश हुनुका साथै जगोत सन् १९०१ मा उच्च अदालतको गठन भएयता काम गर्ने सातौं महिला न्यायाधीश बन्न लागेका हुन् । उनी अर्को महिनादेखि प्रधानन्यायाधीश सुसान किफेलसहितको इजलासमा बस्ने चार महिला न्यायाधीशमध्ये पनि हुनेछिन्।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com