चिनको एक रेस्टुरेन्टमा भीषण आगलागी : १७ जनाको मृत्यु, तीन घाइते


प्रकाशित मिति : आश्विन १२, २०७९ बुधबार

चीनको एक रेष्टुरेन्टमा भीषण आगलागी भएको छ । उत्तरपूर्वी चीनको एक रेष्टुरेन्टमा लागेको आगलागीमा परी १७ जनाको मृत्यु भएको चिनियाँ टेलिभिजन सीसीटीभीले घटनाको जानकारी दिएको छ।

यस घटनामा तीन जना घाइते भएको पनि बताइएको छ । सीसीटीभीले आफ्नो रिपोर्टमा जिलिन प्रान्तको राजधानीको एक रेस्टुरेन्टमा दिउँसो आगलागी भएको जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।

आगलागी भएलगत्तै दमकलसहित स्थानीय प्रहरी पनि घटनास्थलमा पुगेको थियो । घटनामा हालसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यसअघि चीनको हुनान प्रान्तको एउटा भवनमा भीषण आगलागी भएको थियो । यद्यपी यस घटनामा कुनै मानवीय क्षति भने भएको थिएन् । २०० मिटर व्यापारिक भवनमा आगलागी भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com