अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री ट्रुडो नेपालमा


प्रकाशित मिति : आश्विन १२, २०७९ बुधबार

अमेरिकी निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रुडो नेपाल आइपुगेकी छिन् । वैश्विक  सार्वजनिक  मामिलासम्बन्धी  उपसहायक  विदेशमन्त्री  ट्रुडो बुधबार बिहान काठमाडौं आइपुगेकी हुन् ।

नेपाल भ्रमणका क्रममा उनले दूतावासका अधिकारी, अमेरिकी दूतावास युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै भेटघाटका क्रममा उनले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे थप बुझ छलफलहरूमा पनि सहभागी हुनेछिन् ।

ट्रुडोले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुनस्स्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाहरूको पनि भ्रमण गर्नेछिन् ।

नेपालसँगै उनले यूएई, उज्बेकिस्तान र किर्गिस्तानको पनि भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ । बुधबारदेखि सुरु हुने उनको १२ दिने विदेश भ्रमणमा द्विपक्षीय सम्बन्ध र ‘रुस र चीनबाट फैलाइएका गलत सूचनाको प्रतिवाद’ गर्ने विषय प्राथमिकतामा परेको विदेश मन्त्रालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com