उत्तरी बुर्किना फासोमा सोमबार भएको एक आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएको छ ।
जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युननजिक आतङ्कवादीहरूले आक्रमण गरेका थिए ।
एघार सैनिकको मृत्यु भएको छ, २० सैनिकसहित २८ जना घाइते भएका छन् र करिब ५० जना सर्वसाधारण बेपत्ता भएका विज्ञप्तिमा जनाइएको छ । आक्रमणकारीहरूको खोजी जारी रहेको विज्ञप्तिमा भनिएको छ । बुर्किना फासोमा २०१५ यता सुरक्षा अवस्था बिग्रिएको छ । पश्चिम अफ्रिकी यस राष्ट्रमा भएका आक्रमणहरुमा एघार सय भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । १९ लाख भन्दा बढी अन्य विस्थापित भएका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।