पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना, ६ सैनिकको मृत्यु , हेलिकोप्टर विद्रोहीले खसालेको दाबी


प्रकाशित मिति : आश्विन १०, २०७९ सोमबार

बलुचिस्तानमा भएको हेलिकोप्टर दुर्घटनामा पाकिस्तानी सेनाका दुई मेजरसहित ६ सैनिकको मृत्यु भएको छ । यो घटना हर्नाई जिल्लाको खोस्ट सहर नजिकै उडान मिसनको क्रममा भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

बलुचिस्तान पोस्ट (टीबीपी) ले यो हेलिकप्टर दुर्घटनामा बलुच विद्रोहीको हात रहेको दाबी गरेको छ । बलुचिस्तान पोस्टले दाबी गर्दै भनेको छ, बलुच विद्रोहीहरूले सेनाको हेलिकप्टरलाई गोली हानेर ६ जना सैनिक मारिदिएको हो । मारिनेमा दुई जना पाइलट पनि रहेका छन् ।

टिबिपिले ट्वीट गर्दै भनेको छ, ’हरनाइको जराद आलो नजिकै सैन्य कारबाहीमा संलग्न पाकिस्तानी गनशिप हेलिकप्टरलाई बलुच विद्रोहीहरूले गोली हानेको छ । जसमा दुई मेजर रैंकका अधिकृतसहित ६ सैनिकको मृत्यु भएको छ ।

हेलिकप्टर दुर्घटनामा मारिएका कमाण्डर जनरल सरफराज अली पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईसँग नजिक थिए । बलुचिस्तान समाचार वेबसाइट द बलुचिस्तान पोस्टले प्रश्न उठाउँदै पाकिस्तानी सेनाले खराब मौसमका कारण सैन्य हेलिकप्टर दुर्घटना भएको दाबी गरिरहेको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com