फिलिपिन्समा हिंस्रक आँधीको चेतावनी, तटीय शहरका बासिन्दालाई सुरक्षित स्थलमा जान आग्रह


प्रकाशित मिति : आश्विन ९, २०७९ आईतबार

फिलिपिन्सको मुख्य टापु लुजोनमा आइतबार आएको शक्तिशाली आँधी (सुपर टाइफून) का कारण तटीय शहरहरू खाली गर्न सूचना गरिएको अधिकारीहरूले बताएका छन् ।

नोरु नाम दिइएको आँधी प्रति घण्टा १९५ किलोमिटर (१२१ माइल) को अधिकतम निरन्तर हावाको गतिसहित जमिनमा अवतरण हुँदा हिंस्रक नतिजा निम्त्याउनसक्ने राज्यको मौसम पूर्वानुमान विज्ञशरूले जनाएका छन् ।

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधी राजधानी मनिलाबाट करिब ८० किलोमिटर उत्तरपूर्वमा स्थानीय समयअनुसार अपराह्न वा साँझमा आइपुग्ने भएको र अवतरणपछि आँधीे अझै सशक्त हुँदै जाने अनुमान गरिएको छ ।

फिलिपिन्सका राष्ट्रिय प्रहरी प्रमुख जनरल रोडोल्फो अजुरिनले भन्नुभयो, “हामी खतरा क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक परेको बेला सुरक्षित स्थानमा स्थानान्तरणका लागि गरिएको आह्वानको पालना गर्न आग्रह गर्दछौं ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फिलिपिन्स नियमित रूपमा आँधीबेहरीको चपेटामा पर्दै आएको छ र वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण संसार तात्दै जाँदा तिनीहरू अझ शक्तिशाली हुँदै गएको चेतावनी दिएका छन् ।

मौसम पूर्वानुमानकर्ता रोब गिलेले नोरुको तीव्र गति जमिननजिक पुगेको र यो ‘अहिलेसम्मका केही अत्यधिक हिंस्रक’ आँधीमध्येको एक हुनसक्ने बताउनुएको छ । आँधीको रफ्तार पछिल्लो २४ घण्टामा ९० किलोमिटर प्रतिघण्टाको दरले वृद्धि भएको एजेन्सीले जनाएको छ ।

फिलिपिन्समा आँधीका कारण ४०० भन्दा बढीको मृत्यु हुनुका साथै लाखौं घरबारविहीन भएको नौ महिनापछि फेरि अर्को आँधी (नोरु) आएको हो । प्रान्तीय प्रकोप कार्यालयका मेल एभेनिलाका अनुसार क्वेजोन प्रान्तका धेरै पालिकाका बासिन्दालाई घरबाट सुरक्ष्तिा स्थलमा सारिएको छ ।

छिमेकी प्रान्त अरोरामा डिङ्गलन नगरपालिकाका बासिन्दाहरू पहाडी क्षेत्रमा शरण लिन बाध्य भएका छन् ।

“तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ । हामी तटबाट टाढा बस्छौं त्यसैले हामी अहिलेसम्म बसिरहेका छौं । हामी पहाडमा हुने बर्षा र पहिरोको बारेमा बढी चिन्तित छौं,” डिंगलनमा रेस्टुरेन्ट व्यवस्थापकसमेत रहेका ५४ वर्षीया स्थानीय रिया टानले भन्नुभयो ।

टानका अनुसार स्थानीयबासिन्दाले आफ्नो घरको छाना सुरक्षित गरिरहेका छन् र मौसम अझै शान्त रहेको अवस्थामा डुङ्गालाई अग्लो जमिनमा लगिएको छ ।

“मौसम निकै शान्त भयो भने हामी अझ बढी चिन्तित हुन्छौं, किनभने यो जमिनमा आउनुअघि नै शक्तिशाली आँधीबेहरीको सामान्य सूचक हो,” टानले भन्नुभयो । मौसम विभागका अनुसार नोरु आँधी आउँदा प्रतिघण्टा २०५ किलोमिटरसम्म हावा चल्न सक्छ ।

सोमबार दक्षिण चीन सागरमा प्रवेश गर्नुअघि मध्य लुजोन हुँदै भियतनामतर्फ अघि बढ्ने क्रममा यो कमजोर भएर आँधीबेहरीमा परिणत हुने अनुमान गरिएको छ । आँधीका कारण ठूलो वर्षा हुने भएकाले खतरनाक आँधीबेहरी, व्यापक बाढी र पहिरोको खतरा रहेको मौसम विभागले चेतावनी दिएको छ ।

यसले अत्यधिक कृषिप्रधान क्षेत्रका खेतबारीमा क्षति पु¥याउनुका साथै गाउँहरू डुबानमा पर्न सक्छ । केही क्षेत्रमा सोमबारका लागि कक्षा रद्द गरिएको छ । जलवायु परिवर्तनको प्रभावका कारण सबैभन्दा जोखिममा रहेको फिलिपिन्समा हरेक वर्ष औसत २० वटा आँधीबेहरी आउने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com