अमेरिकाका तीन एयरलाइन्समा अब टि मोबाइल प्रयोगकर्तालाई उडानमा निशुल्क इन्टरनेट


प्रकाशित मिति : आश्विन ८, २०७९ शनिबार

टि मोबाइलको युनाइटेड म्याजेन्टा र म्याजेन्टा म्याक्स प्लान भएकाहरुले अमेरिकाभित्र अलास्का र डेल्टा एयरलाइन्समा यात्रा गर्दा समेत निशुल्क वाइफाई सुविधा पाउने रहेकोमा अब यो सुचीमा युनाइटेड एयरलाइन्स पनि थपिएको छ ।

यो टि मोबाइलको मुख्य योजनाहरूमा ग्राहकलाई थप प्रोत्साहित गर्ने रणनीतिको एक अंश हो ।

टि मोबाइलमा निशुल्क एप्पल टिभी प्लस र विदेश यात्रा गर्दा फाइभ जी डाटा लगायतका सुविधा रहेका छन् । पछिल्लो कभरेज बियन्ड अभियानको एक भाग हो, जसमध्ये उडान अवधिमा निशुल्क वाइफाइ चलाउन सकिनेछ ।

टि मोबाइलले अहिले महामारीपछि बढेको यात्राको फाइदा लिन चाहन्छ । किनभने महामारीपछि धेरै गन्तव्यहरू खुल्दैछन् । यो अवस्थामा समेत ग्राहकले सुविधा पाएमा मोबाइल नेटवर्क बदल्ने सम्भावना कम हुनेछ ।

तर म्याजेन्टा प्लानमा हुनेहरुले उडानमा बर्षमा ४ घण्टामात्र निशुल्क इन्टरनेट चलाउन पाउनेछन् । म्याजेन्टा म्याक्स प्रयोगकर्ताहरूले भने असीमित रुपमा उडानमा इन्टरनेट चलाउन पायनेछन् ।

सबै उडान लामो समयसम्म इन्टरनेट चलाउन सकिने बताइपनि उडानमा कहिलेकाँही द्रुत गतिमा इन्टरनेट चलेपनि कहिलेकाहीं अत्यन्तै ढिलो हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com