संविधान दिवसमा शीर्ष नेताहरुको शुभकामना


प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार

आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट संविधान बनेको ७ वर्ष पुगेर आठौं वर्षमा प्रवेश गरेको छ । तत्कालीन राष्ट्रपति रामवरण यादवले २०७२ साल असोज ३ गते संविधान जारी गरेका थिए । आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । संविधान दिवसको उपलक्ष्यमा विभिन्न राजनैतिक दलका नेताहरु सामाजिक सञ्जालबाटै शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

नेकपा एमालेले संविधान दिवसलाई उत्सवको रुपमा मनाउने योजना बनाएको थियो । एमालेले असोज एक गते ‘संविधानको सात वर्षे यात्रा, युवासँगसँगै पदयात्रा नाराका साथ पैदल यात्राको कार्यक्रम आयोजना गरेको थियो । एमालेले पदयात्रामा युवाहरुलाई लक्षित गर्दै ‘पढाइ, कमाइ, दबाइ’ को अवधारण प्रस्तुत गरेको थियो । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत संविधान दिवसको शुभकामना व्यक्त गर्दै सम्पूर्णमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

त्यसै गरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति श्रद्धाञ्जली र बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरुप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सामाजिक सञ्जालबाटै संविधान दिवसको शुभकामना दिएका छन् । उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताएका छन् ।जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने रसंविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न नेकपा (एस) प्रतिवद्ध रहेका जनाएका छन् ।

त्यस्तै, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनताले इतिहासमा पहिलोचोटि संविधानसभाबाट संविधान बनाएर पूर्ण रूपले सार्वभौमसत्तासम्पन्न बनेको दिन संविधान दिवसको उपलक्ष्यमा शुभकामना दिएका छन् । उनले यसका निम्ति अमूल्य जीवन वलिदान दिनेप्रति श्रद्धासुमन र वेपत्ता हुने, घाइते हुनेप्रति उच्च सम्मान पनि व्यक्त गरेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान दिवसको शुभकामना दिँदै संविधानले हरेक नागरिकलाई आफ्नो राष्ट्रियतासँग एकताबद्ध गराउन मद्दत पुर्याउने र त्यस्तो नभएमा संविधानलाई जनताको हितका लागि संसोधन गरिरहनु पनि जरुरी रहेको जिकिर गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com