पूर्व न्यायाधीश फोरमद्वारा निलम्बित प्रधानन्यायाधीश जबरालाई आरोप पुष्टि गर्न चुनौती


प्रकाशित मिति : भाद्र २९, २०७९ बुधबार

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पूर्वन्यायाधीश फोरम र संस्थासँग आबद्ध न्यायाधीशहरूले उनले लगाएको आरोप पुष्टि गरेर देखाउन चुनौती दिएका छन् । फोरमले पूर्व प्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै कुराको भागबण्डा, सहुलियत माग गरेको तथ्य पुष्टि गर्न चुनौति दिएको हो ।

बुधबार पत्रकार सम्मेलन गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले संस्थामा आवद्ध पूर्व न्यायाधीशहरुको मर्यादामा भ्रम फैलिने गरीनिलम्बित प्रधान न्यायाधीशको पूति खेद प्रकट गरे । उनले न्यायालयको शुद्धि र सुदृढीकरणका लागि आफ्नो अनुभव, ज्ञान र दक्षताको योगदान पुयाउने उद्देश्यले फोरमस्थापना गरिएको प्रष्ट पारे ।

सिंहले भने, – “यो संगठनले बेलाबेलामा न्यायपालिकामा भएका विकृतीहरु, विसङ्गतिहरुलाई पहिचान गर्दै त्यसको उजार गर्दछौं । राम्रो काम गर्नेको तारिफ गरिरहेका छौं । देश हित भएको हुनाले अन्यथा हामीबाट कुनै किसिमको पत्रकारमित्रहरुलाई भन्न चाहान्छु, यो कुरा सबैलाई जानकारी गराउनुहोस् । हाम्रो न्यायाधिस फोरम कुनै भागबण्डा लिनको लागि, कुनै स्वार्थको लागि गठन गरिएको हैन् ।”

त्यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्वन्यायाधीश र न्यायकर्मीहरु माथि प्रयोग गरेको शब्दप्रति खेद व्यक्त गरेका छन् । उनले जबराले प्रयोग गरेका शब्दहरु हटाउन महाअभियोग सिफारिस समितिसँग माग समेत गरेका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

थापाले भने,- “मेरो श्रद्धेय एउटा वेदान न्यायाधिसहरु माथि र न्यायकर्मीहरु माथि जुन शब्द प्रयोग गर्नुभो । त्यो शब्द महाअभियोग सुनुवाई समितिले हटाईदिए हुन्छ भन्ने मलाई लाग्दछ । उहाँको त्यो शब्द, उहाँले जुन व्यक्त गर्नुभएको छ । त्यसमा बडा मेरो खेद छ । मेरो दुःख छ ।”

निलम्बित प्रधान न्यायाधीश राणाले भदौं २६ गते आफू उपर लगाएको महाअभियोगको आरोपपत्रका सम्बन्धमा सफाई पेश गर्ने प्रयोजनका लागि वयान गर्दा पूर्व न्यायाधीश फोरम नेपाल एवम् सो संस्थासँग आवद्ध रहेका समस्त पूर्व न्यायाधीशहरु प्रति लक्षित गरी अमर्यादित शब्द प्रयोग गरेको भन्दै फोरमले आपत्ति समेत जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com