दुर्गमको पीडा : नर्मताले जन्माइन् बाटोमै मृत बच्चा


प्रकाशित मिति : भाद्र २३, २०७९ बिहीबार

-डम्मर बुढामगर/ बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भव थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै तीन घण्टा लाग्छ ।

आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुग्नुभयो । उहाँको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाउनुभयो । भौगोलिक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्कनुभयो ।

आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उहाँले बाटोमै मृत बच्चा जन्माउनुभयो । गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुग्नुभयो । उहाँले विकको बाटोमै सामान्य उपचार गर्नुभयो र ढोरपाटन ल्याउनुभयो ।

अनमी बुढामगर भन्नुहुन्छ, “विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छट्पटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड्कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए । मृत बच्चा जन्माउनुभयो, रगत धेरै बगीसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए । अहिले त्यहीँ उपचार भइरहेको छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताउनुभयो । “दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्”, उहाँले भन्नुभयो, “धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।” विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताउनुहुन्छ । अहिले ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा राखेर विकको उपचार भइरहेको बुढामगरले बताउनुभयो ।

बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य, शिक्षाको सहज पहुँच पुग्नसकेको छैन । त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापाले दुर्गमका महिला अहिले पनि रुढिवादी परम्परालाई आत्मसात् गर्दा यस्ता घटना हुने गरेको बताउनुभयो ।

ढोरपाटन नगरपालिकाले दुर्गम मानिने ठाउँमा स्वास्थ्य संस्था धेरै स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उहाँको भनाइ छ । थापाले मृत्यु भएको बच्चा जन्माएकी विकले एक पटक पनि गर्भ परीक्षण गराएको रेकर्ड नभएको बताउनुभयो ।

“अहिले पनि राम्रा समाजमा रुढिवादी परम्परा कामय छ, दुर्गम गाउँमा धेरै मानिस अशिक्षित छन्, हामीले दुर्गममा स्वास्थ्य सेवा पु¥याउनका लागि स्वास्थ्य संस्था स्थापना गरिरहेका छौँ, तर धेरै नागरिक स्वास्थ्योपचारका लागि आउँदैनन्”, स्वास्थ्य शाखा प्रमुख थापाले भन्नुभयो, “बाटोमा मृतक बच्चा जन्माउने अवस्था आउने थिएन, उहाँले गर्भवती भए पछि एक पटक पनि गर्भ जाँच गराउनुभएको छैन, आमाको ज्यान पनि जोखिममा थियो, बच्चाको मृत्यु भए पनि समयमा हाम्रो स्वास्थ्यकर्मी त्यहाँ पुग्नुभयो र आमाको ज्यान बच्यो ।”

थापाले अहिले पनि ग्रामीण क्षेत्रमा अशिक्षितका कारण स्वास्थ्य तथा गर्भ परीक्षण गराउने बानी नभएको भन्दै यसका लागि आफूहरू लागि रहेको बताउनुभयो । उहाँले बच्चा जन्मने समय ४० हप्ता भए पनि विकले ३२ हप्तामै बच्चा जन्मिएको बताउनुभयो । कम्तीमा तीन पटक भिडियो एक्सेर गर्नुपर्ने भए पनि विकले एक पटक पनि नगराएको उहाँको भनाइ छ ।

“गर्भवती महिलालाई लक्षित गरेर समय समयमा बुर्तिवाङ स्वास्थ्यकर्मी पठाउने गरेका छौँ, निःशुल्कै गर्भ परीक्षण गर्ने व्यवस्थापन पनि गरौँ, तर धेरै महिला दिदीबहिनी गर्भ जाँच गराउनु आउनु हुन्न, नर्मता पनि भिडियो एक्सेर गराउन पनि आउनुभएन”, उहाँले भन्नुभयो, “बच्चा जन्मने समय भनेको ४० हप्ताको हो तर उहाँले ३२ हप्तामै बच्चा जन्मिएको छ, यस्तो समस्या खास गरी गर्भवती भएपछि आफ्नो ख्याल नगर्दा यस्तो समस्या आउँछ, यस्तो बेला गह्रौँ भारी बोक्न हुन्न, व्यायामको आवश्यक पर्छ सही खानपान मिलाउनुपर्छ, उहाँहरूले यो नमिलाउँदा पनि समस्या आएको हुनसक्छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com