उत्तर कोरियाले फेरि गर्‍यो मिसाइल परीक्षण


प्रकाशित मिति : असार २१, २०७४ बुधबार

असार २१, २०७४- उत्तर कोरियाले पहिलोपटक लामो दूरीको अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको दाबी गरेको छ । यो मिसाइलले विश्वकै कुनै पनि ठाउँमा प्रहार गर्न सक्ने दाबी उत्तर कोरियाको सरकारी टेलिभिजनले गरेको छ ।

उत्तर पोङडान प्रान्तको पानघ्योनबाट प्रक्षेपण गरिएको ‘हासङ–१४’ नामको उक्त मिसाइल मंगलबार जापानी समुद्रमा खसेको थियो । उक्त प्रक्षेपण उत्तर कोरियाली नेता किम जोङ–उनले प्रत्यक्ष अवलोकन गरेको जनाइएको छ ।

उक्त मिसाइल समुद्रमा खस्नुअघि २८०२ किलोमिटरको उचाइमा पुगी ९ सय ३३ किलोमिटरको दूरी पार गरेको थियो । उत्तर कोरियाले यो मिसाइल पूर्ण आणविक शक्तिसम्पन्न तथा सबैभन्दा शक्तिशाली अन्तरमहाद्वीपीय ब्यालिस्टिक रकेट भएको र विश्वका कुनै पनि स्थानमा प्रहार गर्न सक्ने क्षमताको रहेको दाबी गरेको छ । यसले अमेरिकाको आणविक चेतावनी तथा मोलमोलाइलाई किनारा लगाउन सक्ने र कोरियाली प्रायद्वीपलाई रक्षा गर्न सक्ने दाबी उत्तर कोरियाले गरेको छ । जापानले उक्त मिसाइल ४० मिनेटसम्म उडेको बताएको छ ।

तर आणविक शक्तिसम्पन्न अन्य मुलुकहरूले भने उत्तर कोरियाको आणविक परीक्षणमाथि नै शंका गर्दै आएका छन् । रूसले यस किसिमको मिसाइल जम्मा ५ सय ३५ किलोमिटरको उचाइमा पुग्न सक्ने र ५ सय १० किलोमिटर उड्न सक्ने बताएको छ । तर उत्तर कोरियाले दाबी गरेजस्तै के यो मिसाइलले अमेरिकासम्म मार हान्न सक्ला भन्ने प्रश्न उठेको छ । अमेरिकाका भौतिकशास्त्री डेभिड राइट उत्तर कोरियाको यो मिसाइल बढीमा ६७०० किलोमिटरसम्म पुग्न सक्ने क्षमताको रहेको बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘यसअनुसार यो अमेरिकाको अलास्कासम्म पुग्न सक्छ । तर हवाई या अन्य ४८ राज्यमा यो पुग्न सक्दैन,’ उनले भने । सिड्नीको लोवी इन्स्टिच्युटको अन्तर्राष्ट्रिय सुरक्षा कार्यक्रममा निर्देशक इयुआन ग्राहमले सफल परीक्षण भन्दैमा उत्तर कोरियाले दाबी गरेजस्तो क्षमताको मिसाइल हुन जरुरी नभएको बताए । ‘यदि उत्तर कोरिया विश्वका कुनै पनि स्थानमा आईसीबीएम प्रहार गर्न सक्ने दाबी गर्छ भने यसलाई प्राविधिक हिसाबले हेर्नु जरुरी हुन्छ,’ उनले भने । दक्षिण कोरियाले मंगलबार प्रक्षेपण गरिएको मिसाइलको क्षमता विगतको तुलनामा बढेको पाइएको जनाएको छ ।

यसैबीच, दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले उत्तर कोरियाविरुद्ध कडा कदम चाल्न राष्ट्रसंघ सुरक्षा परिषद्लाई आग्रह गरेका छन् । जापानी प्रधानमन्त्री सिन्जो अबेले प्योङयाङमाथि दबाब सिर्जना गर्न अमेरिका तथा दक्षिण कोरियासँग एकजुट रहेको बताएका छन् । उनले उत्तर कोरियाको मिसाइल परीक्षण पूर्णत: अस्वीकार्य भएको पनि बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमा उत्तर कोरियाली नेता किम जोङ उनप्रति लक्षित गर्दै भनेका छन्, ‘यो मान्छले आफ्नो जीवनमा राम्रो गर्ने कुनै कामै पाउँदैन कि क्या हो ?’ ट्रम्पले उत्तर कोरियालाई आणविक तथा मिसाइल कार्यक्रम अन्त्य गर्न दबाब दिन चीनलाई आह्वान गर्दै आएका छन् ।

सोमबारमात्र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको फोनवार्ताका क्रममा ट्रम्पले उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणलाई रोक्न र यसबाट उत्पन्न अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा अग्रसरता लिन चीनलाई आग्रह गरेका थिए । चीनले पनि आणविक परीक्षण नियन्त्रणका लागि आह्वान गरेको छ । उत्तर कोरियाले यो वर्ष अहिलेसम्म ११ वटा मिसाइल परीक्षण गरिसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com