आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन, गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको भीड


प्रकाशित मिति : भाद्र ११, २०७९ शनिबार

आज भाद्र कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन । आज वैदिक सनातन धर्मालम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर यस पर्व मनाएका छन् । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ ।

साथै, यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई आजको दिन विशेष सम्मान प्रदान गर्दै खुशी बनाउनका लागि मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिने प्रचलन छ ।

औंसीका दिन बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गई तपर्ण तथा श्राद्ध गर्ने परम्परा छ । यसपटक अघिल्लो दिन शुक्रबारै औंसी तिथि परेकाले काठमाडौं, ललितपुर र आसपासका बासिन्दाले शुक्रबार गोकर्णमा गई श्राद्ध तथा तपर्ण गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैसन्दर्भमा, उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वर महादेवथानमा बिहानैदेखि दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न भक्तजनको भीड लागेको छ । श्राद्ध गरी पिण्डदान गर्नाले त्यसले मातृकुल, पितृकुल, बन्धु–ससुराली कुलादि सय कुलको उद्धार हुने धार्मिक विश्वास रहिआएको पुजारी राजुप्रसाद अर्याल बताउँछन् ।

अर्याल भन्छन्, ‘जुन यो गोकर्णेश्वर महादेवथानमा जुन आज पिताको सम्मानका साथ मुख हेर्ने भन्ने चलन छ । जसको पिताको मृत्यु भइसकेको छ भने उहाँहरुको मनोशान्तिको कामना गर्न यहाँ पीतृको श्राद्ध गरिन्छ । जसको पीता जिवित हुनुहुन्छ भने पिताको नाममा आफ्नो घरमा लगेर चौरासी व्यङजन लगेर खुबाउने चलन छ । मृत्यु भइसकेको पीताको निम्ति यहाँ आएर श्राद्ध गर्यो भने एक दम राम्रो र सफलता पाउने भन्दै पीतृको उद्धार गर्नको निम्ति गोर्कणमा आएर श्राद्ध गरिन्छ ।’

यस्तै, मन्दीरका अर्का पुजारी खगेन्द्र अधिकारीले परापूर्वकालदेखि गोर्कण महादेवको उत्पत्ति भएको ठाउँ रहेको धार्मिक विश्वास रहेको बताए । उनले पीतृहरुको उद्धारको निम्ति गोर्कणश्वोर महादेव उत्पन्न भएको बताउँदै परापुर्वकालदेखि पीतृहरुको उद्धारको लागि तीर्थ श्राद्ध गर्दे आइरहेको उनको भनाई छ ।

उनि भन्छन्, ‘यो परापुर्वकालदेखि गोर्कण महादेवको उत्पत्ति भएको ठाउँ हो । यो किन उत्पत्ति भयो भन्दाखेरी सम्पूर्ण पीतृहरुको उद्धारको निम्ति सत्य यूगमा त्यसो भएको हुनाले गोर्कणश्वोर महादेव उत्पन्न हुनुभयो र त्यही आधारले परापुर्वकालदेखि पीतृहरुको उद्धारको लागि तीर्थ श्राद्ध गरिएको छ । विशेष गरी आज कुशे औषधीको रुपमा आफ्ना पीतृहरुको उद्धार होस् भनेर श्राद्ध गरिन्छ ।’

आजको दिन काठमाडौंमा पशुपति, गौरीघाट, गोकर्णेश्वर र देशका अन्य तीर्थस्थल तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, सुनसरीको बराहक्षेत्र लगायतका धार्मिक स्थलहरुमा पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्ने चलन रहेको छ । पशुपति, गौरीघाट, देवघाट लगायतका तिर्थस्थलहरुमा पनि भक्तजनहरुको भीड रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com