बुटवलका अग्रज पत्रकार वसन्त पोखरेलको निधन


प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार

बुटलबका अग्रज पत्रकार वसन्त पोखरेलको निधन भएको छ ।   ६८ वर्षीय पोखरेलको सोमबार राति बेलवासस्थित आफ्नै निवास निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

पोखरेलले बुटवल टुडेमा स्थापनकालदेखि सम्पादकको रुपमा काम गर्दै आउनु भएको थियो । पछिल्लो समय सम्पादन सल्लाहकार रहनुभएको पोखरेलले कोभिड संक्रमणयता घरबाटै काम गर्दै आउनुभएको थियो । पत्रकारिताको धरोहरका रुपमा रहनु भएका  पोखरलेको निधनले नेपाली पत्रकारितामा नै ठूलो क्षति पुगेको नेपाल पत्रकार महासंघ रुपन्देही जनाएको छ । उहाँले पत्रकारिता क्षेत्रमा मात्र होइन, साहित्य क्षेत्रमा पनि त्यत्तिकै योगदान पुर्‍याउनु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com