असद सिरियामा घातक हमलाको तयारीमा– अमेरिका


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

वासिङटन, १३ असार । सिरियाली राष्ट्रपति बसर अल असद सिरियामा घातक रासायनिक हमलाको तयारीमा रहेको संयुक्त राज्य अमेरिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सिरियाले यस्तो घातक हमलाको तयारी गरिरहेको सूचना अमेरिकाले प्राप्त गरेको जानकारी दिएको हो ।

ह्वाइट हाउसले जनाएअनुसार सिरियाली राष्ट्रपति असदले गत वर्ष पनि यस्तै हमला गरेका थिए र अहिले पनि उनले त्यो घातक हमलाको लागि भित्रभित्रै तयारी गरिरहेको जसबाट कैयौँ सर्वसाधारणको ज्यान जाने देखिएको छ ।

ह्वाइटहाउसले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा यदि त्यस्तो भयो भने यसबाट सिरियालाई ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने चेतावानी दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले विज्ञप्ति प्रकाशन गरी भन्नुभएको छ– असदले अर्काे शक्तिशाली रासायनिक हतियार आक्रमणको योजना बनाएको छ र यसबाट आम नरहसंहार हुने देखिएको छ ।

यदि त्यसो भयोभने सिरियाले महङ्गो मूल्य चुकाउनुपर्ने हुनसक्छ– उहाँले सो विज्ञप्तिमा भन्नुभएको छ । यसअघि पनि सिरियाले गरेको यस्तै आक्रमणमा बालबालिका, महिला लगायत निर्दाेष नागरिकको ज्यान गएको थियो ।

सिरियामा सन् २०११ देखि अर्थात विगत छ वर्षभन्दा लामो समयदेखि हिंसा मच्चिएको छ । सो हिंसामा परी तीन लाखभन्दा बढी नागरिकको ज्यान गएको छ ।

सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति असादको राजिनामाको मागगर्दै सुरु भएको प्रजातान्त्रिक आन्दोलनले पछि हिंसात्मक रुप लिएको थियो । हाल त्यहाँ गृहयुद्ध नै चलिरहेको छ र दिनहूँजसो नागरिकको ज्यान जाने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com