क्यालिफोर्नियामा नेपालीमाथि कुटपिट र लुटपाटपछि गोफण्डमीमा ३४ हजार डलर संकलन


प्रकाशित मिति : जेष्ठ २५, २०७९ बुधबार

अमेरिकाको क्यालिफोर्नियामा नेपालीमाथि भएको आक्रमण र लुटपाटपछि स्थापित गोफण्डमी एकाउन्टमा ३४ हजार डलर संकलन भएको छ । २५ बर्षिय सागर तामाङमाथि कुटपिट र लुटपाट भएको हो ।

गतसाता ओकल्याण्डको फक्स थियटर अगाडि उनीमाथि आक्रमण भएको हो । राति ११ बजेतिर काम सकेपछि स्याण्डवीच किन्न जाने क्रममा उनीमाथि आक्रमण भएको जनाइएको छ ।

उनीमाथि पछाडिबाट आक्रमण गरिएको थियो भने उनको ओभरकोट, पाइन्ट, जुत्ता, वालेट र फोन समेत लुटेर उनलाई टिसर्ट, अण्डरवेयर र मोजामा मात्र छाडिएको थियो । उनलाई आपतकालिन स्वास्थ्य टोलीले अस्पताल लगेको थियो भने त्यहाँ उनको घाउचोटको उपचार गरिएको थियो ।

आक्रमणबाट उनको अनुहार सुन्निएको थियो । उनी बेहोस भएका थिए । अस्पतालमा उपचारपछि भोलिपल्टमात्र उनको होस खुलेको जनाइएको छ । एसियन मुलको भएका कारण घृणा अपराध स्वरुप उनमाथि आक्रमण भएको अनुमान गरिएपनि प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाई गोफण्डमीमार्फत तामाङलाई सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com