कोरिया–अमेरिका–जापान गठबन्धनबाट क्षेत्रीय शान्ति कमजोर हुने


प्रकाशित मिति : जेष्ठ १२, २०७९ बिहीबार

दक्षिणकोरिया, संयुक्त राज्य अमेरिका र जापानबीचको बलियो गठबन्धनले उत्तरपूर्वी एसियामा शान्ति र स्थिरतालाई कमजोर बनाउने र नयाँ शीतयुद्धको सुरुवात गर्ने दक्षिणकोरियाका एक विज्ञले बताएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष पदभार ग्रहण गरेपछि मङ्गलबार आफ्नो पहिलो एसिया भ्रमण पूरा गरेको र तीन देशबीच सहकार्य हुने अभिव्यक्ति सार्वजनिक भएपछि दक्षिणकोरियाका विज्ञले यस्तो टिप्पणी गरेका हुन् ।

“अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनका लागि साझा शत्रु देश चाहिन्छ।।। संयुक्त राज्य अमेरिकाले चीनलाई आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी र शत्रुको रूपमा हेर्छ,” कोरियाको पूर्वी एसियाली अध्ययन संस्थानका निर्देशक वू सु–केउनले दक्षिणकोरिया–अमेरिका–जापानबीचको गठबन्धनबाट उत्तरपूर्वी एसियामा शान्ति र स्थिरता कमजोर हुने बताए ।

त्रिदेशीय गठबन्धन दक्षिणकोरियाको राष्ट्रिय हितमा नरहेको बताउँदै उनले वैचारिक युगको अन्त्य र विश्वव्यापी समाजको आगमनको अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय समुदायमा अब कुनै पनि शत्रु देश नभएको उल्लेख गरे ।

एसिया–प्रशान्त आर्थिक ढाँचामा सामेल हुने सोलको निर्णयलाई अवाञ्छनीय भन्दै उनले त्यसबाट टकराव र तनाव बढ्ने बताए । “संयुक्त राज्य अमेरिकाले यसलाई समावेशी र लचिलो आर्थिक रूपरेखा भनेको छ तर यदि यो समावेशी छ भने यसले कुनै निश्चित देशलाई बहिष्कार गर्न हुँदैन । चीन एसिया–प्रशान्त क्षेत्रको सबैभन्दा ठूलो देश हो । चीनलाई बहिष्कार गरेर कसरी समावेशी र लचिलो भन्न सकिन्छ रु” दक्षिण कोरियाली विज्ञले प्रश्न गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com