पाकिस्तानमा तेल ट्याङ्करमा आगोलाग्दा १२० को मृत्यु, १०० घाइते


प्रकाशित मिति : असार ११, २०७४ आईतबार

इस्लामावाद, ११ असार । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा आइतबार बिहान एउटा तेल ट्याङ्कर दुर्घटनामा परेपछि भएको आगलागीमा कम्तीमा पनि १२० जनाको जलेर मृत्यु भएको छ ।

पाकिस्तानी पूर्वी प्रान्त पञ्जावमा सो दुखद घटना भएको त्यहाँको अस्पतालले जानकारी दिएको छ । पाकिस्तानी पञ्जाव प्रान्तको बहालपुरमा रहेको भिक्टोरिया सरकारी अस्पतालका चिकित्सक डा.अरुन्जेबले सो जानकारी दिनुभएको छ ।

उहाँले उक्त आगलागीका कारण ज्यान जानेको सङ्ख्या १२० पुगेको पुष्टि गर्नुभएको छ । साथै उक्त बहालपुर जिल्लाका विभिन्न अस्पतालमा गरी १०० जनाभन्दा बढी व्यक्ति घाइते रहेका पनि उहाँले पुष्टि गर्नुभएको छ ।
बहालपुर जिल्लाको अहमदपुर साकी राजमार्गमा सो दुर्घटना भएको हो । उक्त मार्गमा गुडिरहेको पेट्रोलियम पदार्थ बोकेको एक ट्याङ्कर अकस्मात सडकमा पल्टिएको थियो ।

सडकमा ट्याङ्कर पल्टिएपछि त्यसमा रहेको प्रज्ज्वलनशील पदार्थ पोखिएको र पोखिएको सो तेल बटुल्नका लागि जम्मा भएका नागरिकलाई आगालागीले शिकार बनाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सयौँको सङ्ख्यामा जम्मा भएर नागरिकले तेल उठाउदै गर्दा अकस्मात उक्त तेलमा नै आगो लागेको थियो । आगो लागेपछि नागरिकमा भागाभाग मच्चिए पनि उनीहरु सबैजना एकैपटक भाग्न सकेका थिएनन् ।

सोही आगलागीमा परी कम्तीमा पनि १२० जनाको ज्यान गएको र अरु १०० भन्दा बढी जलेर घाइते भएका प्रत्यक्षदर्शीलाई उद्धृतगर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

सडकमा ट्याङ्कर दुर्घटना नै भएर हो या किन पल्टियो भन्ने बारेमा भने केही बताइएको छैन । त्यसैगरी तेल पोखिएपछि आगो कसरी लाग्यो भन्ने बारेमा पनि केही पत्ता लागेको छैन । यस विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

तर कतिपय स्थानीय सञ्चारमाध्यमहरुले पोखिएको तेल उठाउन आएकामध्येकै कसैले चुरोटको ठुटो त्यहाँ फालिदिएका कारण सो आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । तर यसको पुष्टि भने भएको छैन ।

स्थानीय दमकल विभागका एकजना कर्मचारीले सो दुर्घटनास्थलमा कम्तीमा पनि तीन वटा दमकल पठाइएको जनाएका छन् । उनका अनुसार सो सडक बस्तीभन्दा केही पर रहेकोले बस्तीमा भने आगोको असर केही परेको छैन ।

तर त्यहाँ रहेका करिब ७५ वटा मोटरसाइकल र ६ वटा गाडी भने आगोमा जलेर ध्वस्त भएका छन् । अधिकांश ती सवारी साधन पनि पोखिएको तेल जम्मा गर्न आएका मानिसको भएको अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com