युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह


प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार

संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गर्नुभएको हो ।

युक्रेनमा रुसले आक्रमण गरेपछि भएको क्षतिको आंकलन भइरहेको र यहाँ मानिसहरुको उद्धार भइरहेको युक्रेनले जनाएको छ । यहाँ अप्ठेरोमा परेका नागरिकलाई उद्धार गर्न र आवश्यताअनुसारको मानवीय सहायता उपलब्ध गराउन उहाँले आग्रह गर्नुभएको हो ।

उहाँले विश्व समुदायलाई आवश्यक सहायता उपलब्ध गराउन र यहाँका नागरिकलाई आवश्यक परेको सहायाता वितरणको काममा कुनै अवरोध नगर्न पनि आग्रह गर्नुभएको हो ।

यहाँका कतिपय सहरहरुमा नागरिकहरु अप्ठेरोमा परेर बाँचिरहेकाले उनीहरुको सहायताका लागि महासचिव गुटेर्रेसले आग्रह गर्नुभएको हो । ती क्षेत्रमा उद्धारका कामका लागि तथा आवश्यक सहायता उपलब्ध गराउनका लागि पहल गर्न विश्व समुदाय समक्ष उहाँले आग्रह गर्नुभएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com