धुलो नियन्त्रण गर्न माग गर्दै सडक अवरुद्ध


प्रकाशित मिति : चैत्र १२, २०७८ शनिबार

सडकमा धुलो उड्न थालेपछि स्थानीय व्यवसायीले कलुवापुर–बेलौरी सडकखण्डको कलुवापुर चौराहमा  शनिबार सडक अवरुद्ध गरेका छन् । निर्माणाधीन सडकमा धुलोका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुन थालेपछि व्यवसायीले सडक अवरुद्ध गरेका हुन् । “धुलोका कारण सवारीसाधन सञ्चालन गर्दा यात्रुलाई समेत कठिनाइ हुन थालेको छ”, अटोचालक धीरज कार्कीले भन्नुभयो, “सवारी दुर्घटनाका घटनासमेत बढ्ने सम्भावना भएपछि सडक अवरुद्ध गरेका छौँ । शनिबार एक घण्टामात्रै सडक अवरुद्ध गरिएको छ । आजदेखि चार घण्टाका दरले सडक अवरुद्ध गर्छौँ ।”

कलुवापुर बजार क्षेत्रमा पसल सञ्चालन गर्दै आएका व्यवसायी हरिसिंह सेटीले पसलमा राखेको सामान धुलोका कारण बिग्रन थालेको र पसलमा बस्नै नसकिने अवस्था आएपछि सडक अवरुद्ध गरिएको उहाँले बताउनुभयो । वडा कार्यालयमा पटक–पटक धुलो नियन्त्रणका लागि गुहार्दासमेत सुनुवाइ हुन नसकेपछि बाध्य भएर सडक अवरुद्ध गरिएको स्थानीय व्यापारी कर्ण महराले बताउनुभयो ।

स्थानीय व्यवसायीले धुलो नियन्त्रणका लागि सडकमा पानी छर्कने व्यवस्था मिलाउन माग गरेका गरेका छन् । हावाहुरी चल्ने मौसम सुरु भएसँगै निर्माणाधीन सडकमा गुड्ने सवारीसाधनका कारण सबैभन्दा बढी सडकछेउमा व्यापार गर्ने व्यवसायी प्रभावित भएका छन् । धुलोका कारण अधिकांशमा स्वासप्रश्वाससम्बन्धी समस्यासमेत देखिन थालेको व्यवसायीहरूको भनाइ छ । सडक निर्माणको जिम्मा थेगिम कन्ट्रक्शनले पाएको छ ।

“सडक निर्माणको सम्झौतामै कम्पनीले पानी छर्कने व्यवस्था राखिएको हुन्छ”, स्थानीय व्यवसायी भन्छन्, “निर्माण कम्पनीले बेवास्ता गर्दै आएको छ ।” वडाध्यक्ष दिलबहादुर बुढाले निर्माण कम्पनीलाई पानी छर्कनका लागि आग्रह गर्दा केही दिन पानी छर्कियो, त्यसपछि पानी नछर्कँदा सडकमा धुलो उड्न थालेपछि समस्या भएको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्माण कम्पनीका कर्मचारी नारायण कँडेलले पानी छर्कनका लागि ट्याङ्की पठाइएको बताउनुभयो । “बजेट अभावले सडक निर्माणको कार्य रोकिएको छ । सानो ट्याङ्कीले पानी हाल्दा पूरै सडक भिजेन होला”, उहाँले भन्नुभयो, “काम अवरुद्ध भएपछि पानी छर्कने कार्य नियमित भइरहेको छ । अझै पानी छर्कनका लागि तत्कालै पानीको व्यवस्था गर्छौँ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com