भेनेजुएला अन्दोलनमा ७२ को ज्यान गयो


प्रकाशित मिति : असार ३, २०७४ शनिबार

असार ३, २०७४- भेनेजुएलामा भइरहेको आन्दोलनमा मृत्यु हुनेको संख्या बढेर ७२ पुगेको छ । बिहीबार थप २ युवाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

भेनेजुएलामा झन्डै दुई महिनादेखि देशभर सरकारविरोधी आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा एक हजारभन्दा बढी घाइते भएका छन् भने झन्डै ३ हजार जना पक्राउ परेका छन् ।

राष्ट्रपति निकोलस मादुरोविरुद्धको प्रदर्शन अप्रिल सुरुदेखि भएको हो । नयाँ निर्वाचन गर्नुपर्ने र राष्ट्रपति मादुरोलाई हटाउनुपर्ने माग आन्दोलनकारीको छ ।

Source : Ekantipur

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com