‘प्रिय जिन्दगी र प्रेमिल कविता’


प्रकाशित मिति : २ असार २०७४, शुक्रबार

-पुरुषोत्तम ढकाल 

जिंदगीले मलाई सोधिन्,
किन म जिंदगीलाई यती औधी मायाँ गर्छु?

मनले भन्यो,

मेरो हृदयको आवाज सुन्यौ तिमीले

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेरो अभिसप्त आकांक्षा र सपना सामना गर्यौ तिमीले

हुन सक्छ, प्राप्तिको अभिलाषामा जोडिएको म जेलिएँ तिमीसंग

उनले भनिन्,

किन तिमि यती धेरै उदास उदास देखिन्छौ?

मैले भने,

हाम्रो भागको खुसी साँचेको

उनले भनिन्,

किन तिमि पल, पल सोची रहन्छौ?

मैले भने,

तिमीलाई सोच्नु र कल्पिनु आदत जो बन्यो

तिमि मात्र मेरी हौ, त्यतिबेला सामना गर्छु अन्नत र स्वर्णिम

मेरो जिन्दगी, मुसुक्क मुस्कुराउदै, मेरो मन चोर्छे,

यदि मलाई पाएनौ भने?

मेरो अवचेतन मन अनायास बोलिदिन्छ,

मेरो स्वप्निल जिन्दगी हौ तिमि

मेरो स्वर्णिम अनन्त हौ तिमि

मेरो जिन्दगी हौ तिमि, मिलेर मेटिनु छ मेरो म

उनले भनिन्,

तिमि मेटिएर के पाउनु छ र जिन्दगीमा?

मैले भने,

एउटा स्वर्णिम सपना पुरा गर्ने आसा

जन्म, जन्म तिमिसंगै मेटिने जिन्दगीको सप्तरंगी इन्द्रधनुष चुमिरहने चाह

नदीझैं बगेर सागरको विलयमा पनि निरन्तर भेटिने गहिरो, गहिरो मायाँ

इच्छा मृत्यू जस्तै मोक्ष पाउने जिन्दगीको शुभारम्भ अर्थात् अन्त्यहीन यात्रा

यस पटक उनले अनायास भनिन्,

संगै जिउनु मात्र लेखान्त होइन, हाम्रो मिलन संधै सवै जिन्दगीले कल्पिने स्वर्णिम उपहार

अन्त्यमा थपेरै भनिन्,

दुनियाँलाई एउटै जवाफ, तिमि मेरो, म तिम्रो, हाम्रो साथमा छ, ‘प्रिय जिन्दगी र प्रेमिल कविता ।’
१६ जुन, २०१७

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com