फ्रान्समा नवनिर्वाचित राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टी महत्वपूर्ण जित दर्ता


प्रकाशित मिति : जेष्ठ २९, २०७४ सोमबार

काठमाडौं । फ्रान्समा भएको पहिलो चरणको संसदीय चुनावमा नवनिर्वाचित राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टीले महत्वपूर्ण जित दर्ता गर्ने विश्लेषण गरिएको छ ।
आइतबार भएको पहिलो चरणको संसदीय चुनावमा म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले बहुमत सिटमा जित निकाल्ने मतदानपछिका सर्वेक्षणले देखाएको छ । संसदका ५ सय ७७ सिटमा म्याक्रोनको पार्टी र मोडेम गठबन्धनले ४ सय ४५ भन्दा बढी सिटमा जित निकाल्ने सर्वेक्षणले देखाएको छ । झण्डै १४ महिनाअघि पार्टी गठन गरेर चुनावी अभियानमा लाग्नुभएको म्याक्रोन गएको महिना भएको राष्ट्रपतीय चुनावमा विजयी हु“दै कम उमेर राष्ट्रपति बन्ने फ्रान्सको पहिलो व्यक्ति बन्नुभएको थियो । ३९ वर्षका म्याक्रोनको पार्टी र मोडेमले गठबन्धन बनाएर संसदीय चुनावमा उम्मेदवारी दिएका छन् । दोस्रो चरणको संसदीय चुनाव आगामी आइतबार हुनेछ । त्यसपछि मात्रै संसदको अन्तिम परिणाम थाहा हुनेछ । तर राजनीतिको निकै कम वा अनुभव नै नभएका व्यक्ति उम्मेदवार बने पनि म्याक्रोनको पार्टीका उम्मेदवार प्रति मतदाताको आकर्षण उच्च रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com