न्युयोर्कको एच एण्ड एम स्टोरमा कपडामा जुम्रा भेटिएपछि स्टोर बन्द


प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार

न्युयोर्कको वल्र्ड ट्रेड सेन्टर ओकुलसमा रहेको एच एण्ड एमको स्टोरमा बेच्न राखिएका कपडामा जुम्रा भेटिएपछि स्टोर बन्द गरिएको छ । हुडीमा दर्जनौं जुम्राहरु बाहिरै हिडेको देखिएपछि अनुसन्धानका लागि भन्दै स्टोर बन्द गरिएको जनाइएको छ ।

एच एण्ड एमकै उक्त स्टोरमा काम गर्ने एकजना कर्मचारीले ट्वीटरमा जुम्रासहितको हुडीको तस्वीर पोष्ट गरेका थिए । एकजना ग्राहकले जुम्रा हिडिरहेको हुडी भेटाएको र आफूलाई खबर गरेको उनको भनाई छ । तस्वीरमा सेतो रंगका हुडीमा जुम्राहरु हिडेको देख्न सकिन्छ ।

@madesonee_

जुम्रा भेटिएपनि सुरुमा स्टोर बन्द गरिएको थिएन भने यसबारे कामदारहरुलाई पनि जानकारी दिइएको थिएन । तर पछि भने स्टोर बन्द गरिएको एच एण्ड एमले जनाएको छ ।

कसरी कपडामा जुम्रा पुगे भन्नेबारे अहिलेसम्म केही स्पष्ट छैन । उत्पादन गर्दा, स्टोरमा ल्याउँदा वा स्टोरमा ल्याइसकेपछि जुम्रा परेको हुनसक्ने अनुमान गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूले काम गर्ने स्टोरमा कपडामा जुम्रा भएको पोष्ट गर्ने कर्मचारीको जागिर जानसक्नेबारे ट्वीटरमा धेरैले चिन्ता व्यक्त गरेका छन् । तर ती कर्मचारीले आफूले शुक्रबारमात्र काम गर्ने र त्यसपछि राजिनामा दिने स्पष्ट पारेकी छिन् ।

उनले आफ्नो ट्वीटर पोष्ट यसरी भाइरल होला भन्ने नसोंचेको र त्यसका लागि म्यानेजरसँग माफी मागेकी छिन् । यसका लागि म्यानेजरको नभई कम्पनीको गल्ती भएको उनको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com